Friday, June 16, 2017

महिला अधिकार

संसारमा जम्मा ३ किसिमका लिंग भएका मानिसहरु रहेका छन । पुरुष , महिला र तेस्रोलिंगी। पुरुषहरूको कुरा नगरौं र तेस्रोलिंगीको संख्या अत्याधिक कम रहेको कारण उनिहरुलाई अधिकार दिन राज्यलाई खास गाह्रो नपर्ला तर आधा आकाश ढाकेका महिलाहरुले अधिकार नपाउनु र महिलाहरुलाई दोश्रो दर्जामा गनिनु यो नेपालको लागि मात्र नभएर सारा बिश्वको लागिनै चुनौतीको बिषय बनेको छ।  अब चर्चा गरौ महिला अधिकारको बिषयमा।

     महिला अधिका अंग्रेजीमा "women right"  अर्थात महिलाहरुको हक हित अधिकार , आधारभुत आवस्यकताको परिपुर्ति, सामाजिक सुरक्षाको प्रत्याभूति आदि बिषयलाई लिन सकिन्छ।

महिला अधिकारका बिषयमा विभिन्न किसिमका मुद्धाहरु रहेका छन। जस्तै आधारभुत आवश्यकताहरु  शिक्षा स्वास्थ रोजगार जस्ता बिषयमा समान ब्यबस्था, महिला र पुरुषलाई समान रुपले व्यबहार गर्नुपर्ने, राज्यका हरेक क्रियाकलापमा तल्लो तहदेखि माथिल्लो तहसम्म महिलाको समाबेसी प्रतिनिधित्व हुनुपर्ने आदि बिषयलाई महिला अधिकारको प्रमुख मुद्दाको रुपमा लिन सकिन्छ।  तर नेपालको कुरा गर्ने हो भने महिला अधिकारको कुरो कागजी रुपमा मात्र सिमित रहेको छ। ५१% महिलाको  जनसंख्या रहेको नेपालमा  अझ १७% तल झारेर  ३३% मात्रै सहभागिता गराउनु कहाँसम्मको जायज हो?  नेपालको संबिधान २०७३ को धारा ३८ मा रहेको समानताको हकमा महिला र पुरुष समान हुन भनेर सुन्दर तरिकाले चित्रण गर्न खोजिएको छ। तर ब्यबहारिक दृस्ठिकोणमा भने लागू हुन सकेको छैन। यसकालागि  महिला किन नजाग्ने?

नेपाल यस्तो मुलुक हो जहाँ राज्यको सर्वोच्च ब्याक्ती अर्थात रास्ट्रपति महिलानै रहेकि छिन र न्यायप्रमुख महिला, सभामुख महिलानै रहेर आफ्नो कार्यकाल सम्पन्न गरिसके । यो  नेपालीको लागि मात्र नभएर सम्पुर्ण विश्व समुदायका लागि एउटा गर्बिलो उधारणको बिषय हो। तर के! यी तीन ठुला पदमा महिलाहरु आशिन हुदैमा आम   महिलाहरुको हक अधिकार समेटिएला?  यस्का बिषयमा समेत महिलाले एकपटक सोच्न जरुरी भएको छ। फेरि रास्ट्रको सर्वोच्च ब्याक्ती अर्थात रास्ट्रपति बिधुवा महिला मन्दिर छिर्दा मन्दिरनै अपवित्र  भयो भन्ने समाजले आम महिलालाई झन कस्तो दृस्ठिकोणले हेर्छ त? यो हामीमा एउटा प्रश्नचिन्ह खडा भएको छ।

नेपालमा महिला अधिकारको कुरो  ८ मार्च अर्थात  महिला दिवसको दिन चर्का भाषणमा मात्र सिमित रहेको छ।  अर्थात यो यथार्थ हामी सबैको सामु ऐना जसरिनै छर्लङ्ग छ। उधारणका लागि नारी दिवसकै दिन सहरका केही तारे होटलमा महिला अधिकारका लागि गोष्ठी र विभिन्न कार्यक्रम भइरहदा कैलालीमा राधा चौधरीले बोक्सिको आरोपमा निर्घात रुपमा कुटाई खानुपर्यो । राधा चौधरी त एक प्रतिनिधि पात्र मात्र हुन राधा जस्ता कयौ महिला छन जो पिडित छन । अझ परम्पराको नाममा महिलाहरुनै पिल्सिएका छन भन्ने कुरो हामी सबै शिक्षित बर्गमा सर्वबिदितै छ।  परम्पराको नाममा मानिने बोक्सी प्रथा, छाउपिडी प्रथा, कुमारी प्रथा,  आदि कुरिती आजको दिनसम्म पनि हुनु  कतिसम्मको न्याय हो? जसबाट महिलाहरुनै पिडित छन तर कस्को नजर जाओस यहाँ त महिला अधिकारका नाममा चर्का भाषण गर्दैमा सबैलाइ ठिक्क छ। फेरि दिनहुँ पिछे बलात्कारका घटना सुनिनुले गर्दा महिला अधिकार भन्ने कुरै छैन झै लाग्छ। अनि सामाजिक रुपमा मात्र नभएर आफ्नै घरमा समेत महिलाहरु शारीरिक  र मानसिक रुपमा पीडित छन । तर आजसम्म त्यता राज्यको ध्यानाकर्षण भएको जस्तो मलाई लाग्दैन।  महिलामाथी हुने जुनसुकै हिंशामा कानुनले दन्डित गरेता पनि अशिक्षा, चरम गरिबी, मानसिक यातना, कु परम्परा आदिको कारणले यस्ता मुद्धाहरु कानुनको नजरमा पुग्न सकेका छैनन। मतलब कानुनको हातसम्म पुग्न सक्ने अवस्थामा छैन। यसतर्फ कस्को नजर जाला र खै? महिलाहरुलाई आजैपनी शिक्षाबाट बन्चित गरिएको छ तर सरोकारवालाको ध्यान सहरकेन्द्रीत मात्र रहेकोले गर्दा ग्रामीण महिलाको बिषयमा सोच्ने फुर्सद समेत छैन।

नेपालमा धेरै महिला अधिकारवाला संघसंस्थाहरु रहेका छन उनिहरु महिला अधिकारका चर्का भाषण गर्छन तर कर्णालिका महिलाले दुख पाएको कहिलै देख्दैनन । अनि उनेरु सिंगो वर्गलाई दोष दिन्छन । अर्थात महिलाको शत्रु पुरुष हो । यो भ्रम त्याग्नु एकदमै जरुरी छ किनकी कसैको शत्रु ब्याक्ती हुन्छ वर्ग कहिलै हुदैन ।  नेपालका घट्ने प्राय महिला हिंसाका घटनामा महिलाकै हात रहेका उधारणहरु प्राय भेटिन्छन तसर्थ महिलाको शत्रु वर्ग हैन ब्याक्ती हो भन्ने कुरा सम्पुर्ण महिला अधिकारकर्मीले बुझ्नु जरुरी छ ।

जसरी लीसिसट्राटा नामकी महिलाले फ्रेन्च क्रान्तिको बेला युद्धबिरामकोलागि आन्दोलन गरेकी थिइन । उनलाई साथ दिदै अनेकौ देशमा र्याली निकालिएको थियो। जसको प्रमुख कारण उक्त क्रान्तिको बेला महिलामाथी भएको दमन रोक्नु थियो। जसरी रुसमा  महिलाहरुले सान्तिको लागि आन्दोलन गरे तर त्यसको विपक्षमा त्यहाँका रास्ट्रप्रमुख थिए तर पनि उनिहरुले आन्दोलन जारी राखे र अन्त्यमा उनलाई राजिनामा दिन बाध्य बनाइयो र महिलालाई भोटको अधिकार प्राप्त भयो। जसरी सन १९१४ मार्च ८ मा "महिलालाई खाना र कपडा देउ " भन्दै आन्दोलन गरियो तब सरकार झुकेर मताधिकार समेत दिन बाध्य भयो त्यस्तै नेपालमा पनि एउटा महिला आन्दोलको आवस्यकता छ। जसले मात्र महिलालाइ अधिकार प्राप्ती  गराउन सक्छ।

No comments:

Post a Comment