मेरो टोपी कैलाशको शिरजस्तो
मेरो टोपी हिमाली भिरजस्तो
केलै पनि झुक्न नजान्ने
नेपालि बिर जस्तो !!
गोपाल योन्जनले गाउनुभएको यो राष्ट्रवादी सुन्दा जो कोहीलाई पनि जसले आफुले आफुलाई नेपालि हुनुमा गर्व गर्दछ भने उस्को छाती चौडा हुन्छनै, उक्त गीतमा कैलाशको शिरजस्तो भनेर सगरमाथालाई चित्रण गर्न खोजिएको छ | र सगरमाथा नेपाल र नेपालीकोलागी पहिचानको बिषय हो | तसर्थ ढाकाटोपी नेपाल र नेपालीको लागि पहिचानको बिषय हो | अझ मजाले भन्दा ढाकाटोपिले नेपालीको पहिचान झल्काउदछ | ढाकाटोपी नेपालली / गोर्खाली इतिहासको पर्यायवाची हो | तसर्थ यसको जगेर्ना गर्नु हामि सबै नेपालीको दायित्व हो |
देशमा पहिचानको रटान लगाइरहदा वास्तविक नेपालि भनेर चिनाउने हाम्रो टोपीको अस्तित्व लोप हुने खतरामा रहेको अवस्थामा बिगत केहि बर्षदेखी युवाहरुको अगुवाइमा जनवरी १ तारिकका दिन अन्तराष्ट्रिय ढाकाटोपी दिवस मनाइदै आइएको छ | यो दिवस नेपालका लागी के कति महत्वपूर्ण छ यसको आवस्यकता कतिको छ भन्नेकुरालाई प्रकाश पार्न चाहन्छु |
बिस्वमा सायदै नेपालमात्रै त्यस्तो मुलुक होला जसको रास्ट्रीय पोसाक छैन | दौरा सुरुवाल र टोपीलाई नेपालको रास्ट्रीय पोसाक मानिएता पनि यो अनिवार्य भने छैन | जो अहिलेपनि बहसकै बिषय रहेको छ | नेपालका केहि कम्युनिस्ट इतरका नेताहरु पोसाकमा रास्ट्रीयता हुदैन भन्दछन र यसलाई उनीहरु सामन्ती ब्यबस्थासग जोडेर हेर्दछन | केहि जातीय नेताहरु यसलाई निश्चित जातिको पोसाकको रुपमा चित्रण गर्दछन भने केहि भुभागगा नेताहरु टोपी निश्चित भूभागमा बस्ने व्याक्तिहरुको पोसाक भनेर प्रस्तुत गर्दछन | तर बिदेश तिर अथवा बिदेशी नागरिकहरुले टोपि लाको देख्नसाथ नेपाली अथवा गोर्खाली भनी चिन्ने गरेको तितोसत्यलाई यिनिहरु नकार्न सम्म पछि पर्दैनन । तर यी सम्पूर्ण भ्रमलाई चिर्नकै निम्ति नेपालमा बिगत ५ बर्षदेखी अंग्रेजी संवतको सुरुवातको दिन अर्थात जनवरी १ का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस युवाहरुले मनाउदै आएका छन् | यसले पनि केहि हदसम्म नेपालको पहिचानलाई अन्तराष्ट्रिय समुदाय सम्म पुर्याउन मद्धत पुगेको छ | जसरि सगरमाथाको देश भगवान गौतम बुद्धको जन्मभूमि भनेर हाम्रो गौरबको हामि बिस्व समुदायलाई जानकारी गराउदछौ त्यसरीनै नेपालको पोसाक अर्थात टोपी पनि उतिकै गौरबको कुरो हो भनि हामीले बिस्वसमुदायामा जानकारी गराउन सक्नुपर्दछ | त्यसकालागि नेपालको संविधानमै दौरा सुरुवाललाई अनिवार्य गर्न नसके पनि टोपिलाई अनिवार्य गर्न सके नेपालिको पहिचान अझ उचो हुने थियो । फेरि ढाकाटोपिको बैज्ञानिक कारण समेत रहेको छ येस्ले शुर्यको परबैजनी किरणलाई यस्ले सिधै टाउकोमा पर्न दिदैन । तसर्थ यस्को फाइदाको बिषयमा समेत विश्व समुदायलाई सुचित गर्ने हो भने नेपाली उत्पादनले बिस्वभर आफ्नो स्थान ओगट्न सक्दछ । त्यसबाट राज्यले प्रत्यक्ष रुपमा लाभ लिन सक्दछ यस्तै जनताको आर्थिक अवस्थामा पनि सुदृढ हुने हुदा स्वदेशी उत्पादनको प्रवर्द्धनको निम्ति सरकारले ठोस कदम चाल्नु उपर्युक्त रहन्छ ।
ढाका टोपी जस्ले हामिलाई वीर गोर्खाली अर्थात वीर नेपाली भनेर चिनाउदछ जसरी नेपालिहरु बिस्वसँग कहिल्यै झुकेनन त्यसरीनै यो कहिलै पनि झुक्दैन । तसर्थ हाम्रो पुर्खाको गौरव, इतिहासको चिनारी र भावी पुस्तालाई हाम्रो गौरवपुर्ण इतिहासको जानकारी दिनकै निमित्त भएनि जनवरी १ लाई सरकारलेनै विभिन्न कार्यक्रम गरि विश्व नेपाली टोपी दिवस मनाउन सके बिस्वमाझ हाम्रो पहिचान अझ बढेर जानेथियो । र यस्मा संबंधित निकायको ध्यानाकर्षण समेत गराउन चाहन्छु।
सुरेश मिश्र
mishrasuresh233@gmail.com