Monday, December 31, 2018

ढाका टोपी र पहिचान

मेरो टोपी कैलाशको शिरजस्तो
मेरो टोपी हिमाली भिरजस्तो
केलै पनि झुक्न नजान्ने
नेपालि बिर जस्तो !!

गोपाल योन्जनले गाउनुभएको यो राष्ट्रवादी सुन्दा जो कोहीलाई पनि जसले आफुले आफुलाई नेपालि हुनुमा गर्व गर्दछ   भने उस्को छाती चौडा हुन्छनै, उक्त गीतमा कैलाशको शिरजस्तो भनेर सगरमाथालाई चित्रण गर्न खोजिएको छ |  र सगरमाथा नेपाल र नेपालीकोलागी पहिचानको बिषय हो | तसर्थ ढाकाटोपी नेपाल र नेपालीको लागि पहिचानको बिषय हो |  अझ मजाले भन्दा ढाकाटोपिले नेपालीको पहिचान झल्काउदछ | ढाकाटोपी नेपालली / गोर्खाली इतिहासको पर्यायवाची हो | तसर्थ यसको जगेर्ना गर्नु हामि सबै नेपालीको दायित्व हो |

देशमा पहिचानको रटान लगाइरहदा वास्तविक नेपालि भनेर चिनाउने हाम्रो टोपीको अस्तित्व लोप हुने खतरामा रहेको अवस्थामा बिगत केहि बर्षदेखी युवाहरुको अगुवाइमा जनवरी १ तारिकका दिन अन्तराष्ट्रिय ढाकाटोपी दिवस मनाइदै आइएको छ | यो दिवस नेपालका लागी के कति महत्वपूर्ण छ यसको आवस्यकता कतिको छ भन्नेकुरालाई प्रकाश पार्न चाहन्छु |

बिस्वमा सायदै नेपालमात्रै त्यस्तो मुलुक होला जसको रास्ट्रीय पोसाक छैन | दौरा सुरुवाल र टोपीलाई नेपालको रास्ट्रीय पोसाक मानिएता पनि यो अनिवार्य भने छैन | जो अहिलेपनि बहसकै बिषय रहेको छ | नेपालका केहि कम्युनिस्ट  इतरका नेताहरु पोसाकमा रास्ट्रीयता  हुदैन भन्दछन र यसलाई उनीहरु सामन्ती ब्यबस्थासग जोडेर हेर्दछन | केहि जातीय नेताहरु यसलाई निश्चित जातिको पोसाकको रुपमा चित्रण गर्दछन भने केहि भुभागगा नेताहरु टोपी निश्चित भूभागमा बस्ने व्याक्तिहरुको पोसाक भनेर प्रस्तुत गर्दछन | तर बिदेश तिर अथवा बिदेशी नागरिकहरुले टोपि लाको देख्नसाथ नेपाली अथवा गोर्खाली भनी चिन्ने गरेको तितोसत्यलाई यिनिहरु नकार्न सम्म पछि पर्दैनन । तर यी सम्पूर्ण भ्रमलाई चिर्नकै निम्ति नेपालमा बिगत ५ बर्षदेखी अंग्रेजी संवतको सुरुवातको दिन  अर्थात जनवरी १ का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस युवाहरुले मनाउदै आएका छन् | यसले पनि केहि हदसम्म नेपालको पहिचानलाई अन्तराष्ट्रिय समुदाय सम्म पुर्याउन मद्धत पुगेको छ | जसरि सगरमाथाको देश भगवान गौतम बुद्धको जन्मभूमि भनेर हाम्रो गौरबको हामि बिस्व समुदायलाई जानकारी गराउदछौ  त्यसरीनै नेपालको पोसाक अर्थात टोपी पनि उतिकै गौरबको कुरो हो भनि हामीले बिस्वसमुदायामा जानकारी गराउन सक्नुपर्दछ | त्यसकालागि नेपालको संविधानमै दौरा सुरुवाललाई अनिवार्य गर्न नसके पनि टोपिलाई अनिवार्य गर्न सके नेपालिको पहिचान अझ उचो हुने थियो । फेरि ढाकाटोपिको बैज्ञानिक कारण समेत रहेको छ येस्ले शुर्यको परबैजनी किरणलाई यस्ले सिधै टाउकोमा पर्न दिदैन । तसर्थ यस्को फाइदाको बिषयमा समेत विश्व समुदायलाई सुचित गर्ने हो भने नेपाली उत्पादनले बिस्वभर आफ्नो स्थान ओगट्न सक्दछ । त्यसबाट राज्यले प्रत्यक्ष रुपमा लाभ लिन सक्दछ यस्तै जनताको आर्थिक अवस्थामा पनि सुदृढ हुने हुदा स्वदेशी उत्पादनको प्रवर्द्धनको निम्ति सरकारले ठोस कदम चाल्नु उपर्युक्त रहन्छ ।

             ढाका टोपी जस्ले हामिलाई वीर गोर्खाली अर्थात वीर नेपाली भनेर चिनाउदछ जसरी नेपालिहरु बिस्वसँग कहिल्यै झुकेनन त्यसरीनै यो कहिलै पनि झुक्दैन । तसर्थ हाम्रो पुर्खाको गौरव, इतिहासको चिनारी र भावी पुस्तालाई हाम्रो गौरवपुर्ण इतिहासको जानकारी दिनकै निमित्त भएनि जनवरी १ लाई सरकारलेनै विभिन्न कार्यक्रम गरि विश्व नेपाली टोपी दिवस मनाउन सके  बिस्वमाझ हाम्रो पहिचान अझ बढेर  जानेथियो । र यस्मा संबंधित निकायको ध्यानाकर्षण समेत गराउन चाहन्छु।

सुरेश मिश्र
mishrasuresh233@gmail.com

Tuesday, December 5, 2017

सरकारमा जानू के राष्ट्रघात होर?

यदि कमल थापा सरकारमा नगइदेको भए के यो चुनाव  हुने सम्भावना थियो? नाकाबन्दी ताका उनको योगदान , जेनेभामा गएर कमल थापाले भारतलाई खुलमखुल्ला चुनौति दिनु भन्दा अगाडी के केपि ओलि बोलेजा थिए ? चिनसँग गरिएका पारवाहन सम्झौता कस्ले गर्यो? नाकाबन्दी खुलाउदाको उन्को शैली  ऐले कथित दलले बृद्धभत्ता २००० हामिले पुर्याको भनेर हल्ला मच्चाइरहदा २००० पुर्याउन उनले गरेको योगदान, बुढिगण्डकि जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने उनको योजना आदि जस्ता कयौं राम्रा काम उनले गरेका छैनन र? के उनले आजसम्म कुनै नेताहरु जस्तो राष्ट्रघाती सन्धी गरेका छन? र यति गर्दा पनि उनी सरकारमा जानू रास्ट्रघात हो  र? 

पार्टिको सिद्धान्तमै साम्यवाद अन्तिम लक्ष रहनेछ भन्नेहरु यहि संविधानलाई स्विकार गरेर पटकपटक सरकारको नेतृत्व गर्दा हुने अनि महेन्द्रीय राष्ट्रवाद अनि बिपिको मेलमिलाप निती अंगालेको , प्रजातान्त्रिक समाजवाद स्थापना भन्ने सिद्धान्त लेख्या राप्रपा सरकारमा आफ्नो योग्यता अनुरुप जान कुन अचम्मको कुरो भो र? के उनी सरकारमा जानू राष्ट्रघात हो? हावा र नचाहिने कुरा गरेर समय बर्बादी नगरौ । ०६२/०६३ को समय त्यस्तो कठिन परिस्थितिमा ज्यानलाई पातमा राखेर आज यो अवस्था सम्म आइपुगेको राप्रपाले आफ्ना नीति सिद्धान्त त्यागो भन्ने अपवाहको कसरी बिस्वास गर्नु? राप्रपा संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र र आर्थिक उदारवादको पक्षमा हिजो पनि थियो र आज पनि छ र भोलि नि रहने छ ।   
जय राष्ट्रवाद

Tuesday, November 14, 2017

"म बाहुन मेरो पहिचान नाक"


- सुरेश मिश्र
"म बाहुन मेरो पहिचान नाक"

उफ नेपालको राजनिती देखेरनी खै के पो भनु झै लागेर आउन
थालेको छ। झन देशको हालतको त कुरै पो छोडौं ।

आफू त मोरो बाहुनको छोरो संबिधानले सामन्तिको
बिल्ला भिराएको छ। केही बोलु भने उ सामन्ती करायो
भन्न बेर छैन बरु चुप बसो आनन्द। फेरि चुप बसु पनि कसरी?
एकमनले यसो सोच्दछु ४/५ जाना माथी सत्तामा पुगेका
बाहुनले गल्ती गरे भन्दैमा मेरो के दोष र?
कतिले त बाहुन भए भन्दैमा नाक ठूलो नबना भन्लान अनि
पो घमण्ड गर्न मन लाग्छ बाहुन हु नाक मात्र हैन मन पनि
ठूलो छ । अनि देशमा सबैले पहिचानको रटान लगाइरहदा
गर्वका साथ भन्न मन लाग्छ म बाहुन अनि मेरो पहिचान
नाक । तर मैले आफ्नो नाक मेरो पुर्ख्यौली सम्पती बेचेर
किनेको हैन नत माता जिले दाइजोमै ल्याएर मलाई
दिनुभएको।
एकजाना नामि नेताले (नाम उल्लेख गर्न उचित
ठानिन) " चुच्छे नाक काटिन्छ आलो रगत चाटिन्छ" भनेर
खुब गर्जेका थिए उतिबेला अब नाकनै नराहने हो कि भनेर
खुब डर लागेको थियो , अनि नाकनै रहेन भने मेरो पहिचान
पनि त गुम्यो । उफ यो सम्झी सम्झी डरले मेरो सातोपुत्लो
उडेर गएको तर मेरो डर डरैमा सिमित रह्यो उनले भनेझै गरेनन
या गर्न सकेनन अनि म मज्जाले खुशी भए ।
कहिलेकाही गोपाल योन्जनले गाउनुभएको
रास्ट्रवादी गितलाई परिमार्जन गरेर " मेरो टोपी
कैलाशको शिर जस्तो" लाई मेरो नाक कैलाशको शिर
जस्तो बनाएर मेरो पहिचानलाई अलि पृथक रुपमा
परिभाषित गरौं कि झै लाग्छ तर त्यत्रो शाहस नि जुटाउन
सक्दिन ।
कहिलेकाही त आफ्नै पहिचान नाक देखि रिस
नउठेको पनि हैन । सानामा साथिभाई सँग झगडा हुदा
नाक ठूलो र लामो भएकाले उनिगरुको प्राहार नाकमै
हुन्थ्यो अनि फुट्दथ्यो नाथ्री र झर्ना सरि बेगसँग झर्दथ्यो
रगत।
ठूलो सहरमा अलि धेरैनै सडक जाम भएझै ठूलो नाक अलि
धेरैनै बन्द हुन्थ्यो अनि लाग्दथ्यो यो नाकनै काटेर
फ्याकिदिउ । तर डरपोक बाहुन कताबाट त्यत्रो आँंट आउनु
र? कहिलेकाही रुघा लागेर बर्खाको खहरे खोलीझै बग्ने
सिगानले पनि कम दुख दिदैन । तैपनी मेरो नाक मेरो
पहिचान भनी चित्त बुझायो नबुझाउ पनि कसरी अरु
बिकल्प पनि त छैन म कहाँ । अनि जतिनै लामो नाक भएता
पनि चिया पिउदा कपमा नाक डुबेको अत्तोपत्तो छैन तेइ
भएर नि खुशी लागेर आउछ । अब नाकको प्रजाती तिर
अलिकति जान मन लाग्यो । लामो नाक हुनेहरुमा पनि
नाकका निकैनै प्रजाती भेटिदा रछन । जस्तो सुंगे नाक ,
घिरौले नाक, लौके नाक , चुच्चे नाक आदि आदि । अब मेरो
नाक चै कुन प्रजातिमा पर्छ त्यो चै अनुसन्धान गर्नै पर्ने छ ।
फेरि मैले सुनेको बाहुन अलि घमण्डी हुन्छन रे! नहुन पनि
कसरी अरुले नाक ठूलो बनाउन राम्रो काम गर्नुपर्छ तर
बाहुनले केही गर्नै पर्दैन किनकी बाहुनको नाक त्यसै ठूलो ।
अनि भएन त घमण्ड गर्नेवाला कुरो? अनि त घमण्डका साथ
भन्न मन लाग्छ मेरो।लामु नाक भनेकै मेरो पहिचान हो ।
यो आलेख कसैको चरित्र हत्यागर्ने किसिमले कसैलाई
आक्षेप लाउने किसिमले लेखिएको हैन । यो मेरो
ब्याक्तिगत बिचार हो यसलाई रमाइलोको रुपमा लिन
अनुरोध गर्दछु ।

Friday, June 16, 2017

महिला अधिकार

संसारमा जम्मा ३ किसिमका लिंग भएका मानिसहरु रहेका छन । पुरुष , महिला र तेस्रोलिंगी। पुरुषहरूको कुरा नगरौं र तेस्रोलिंगीको संख्या अत्याधिक कम रहेको कारण उनिहरुलाई अधिकार दिन राज्यलाई खास गाह्रो नपर्ला तर आधा आकाश ढाकेका महिलाहरुले अधिकार नपाउनु र महिलाहरुलाई दोश्रो दर्जामा गनिनु यो नेपालको लागि मात्र नभएर सारा बिश्वको लागिनै चुनौतीको बिषय बनेको छ।  अब चर्चा गरौ महिला अधिकारको बिषयमा।

     महिला अधिका अंग्रेजीमा "women right"  अर्थात महिलाहरुको हक हित अधिकार , आधारभुत आवस्यकताको परिपुर्ति, सामाजिक सुरक्षाको प्रत्याभूति आदि बिषयलाई लिन सकिन्छ।

महिला अधिकारका बिषयमा विभिन्न किसिमका मुद्धाहरु रहेका छन। जस्तै आधारभुत आवश्यकताहरु  शिक्षा स्वास्थ रोजगार जस्ता बिषयमा समान ब्यबस्था, महिला र पुरुषलाई समान रुपले व्यबहार गर्नुपर्ने, राज्यका हरेक क्रियाकलापमा तल्लो तहदेखि माथिल्लो तहसम्म महिलाको समाबेसी प्रतिनिधित्व हुनुपर्ने आदि बिषयलाई महिला अधिकारको प्रमुख मुद्दाको रुपमा लिन सकिन्छ।  तर नेपालको कुरा गर्ने हो भने महिला अधिकारको कुरो कागजी रुपमा मात्र सिमित रहेको छ। ५१% महिलाको  जनसंख्या रहेको नेपालमा  अझ १७% तल झारेर  ३३% मात्रै सहभागिता गराउनु कहाँसम्मको जायज हो?  नेपालको संबिधान २०७३ को धारा ३८ मा रहेको समानताको हकमा महिला र पुरुष समान हुन भनेर सुन्दर तरिकाले चित्रण गर्न खोजिएको छ। तर ब्यबहारिक दृस्ठिकोणमा भने लागू हुन सकेको छैन। यसकालागि  महिला किन नजाग्ने?

नेपाल यस्तो मुलुक हो जहाँ राज्यको सर्वोच्च ब्याक्ती अर्थात रास्ट्रपति महिलानै रहेकि छिन र न्यायप्रमुख महिला, सभामुख महिलानै रहेर आफ्नो कार्यकाल सम्पन्न गरिसके । यो  नेपालीको लागि मात्र नभएर सम्पुर्ण विश्व समुदायका लागि एउटा गर्बिलो उधारणको बिषय हो। तर के! यी तीन ठुला पदमा महिलाहरु आशिन हुदैमा आम   महिलाहरुको हक अधिकार समेटिएला?  यस्का बिषयमा समेत महिलाले एकपटक सोच्न जरुरी भएको छ। फेरि रास्ट्रको सर्वोच्च ब्याक्ती अर्थात रास्ट्रपति बिधुवा महिला मन्दिर छिर्दा मन्दिरनै अपवित्र  भयो भन्ने समाजले आम महिलालाई झन कस्तो दृस्ठिकोणले हेर्छ त? यो हामीमा एउटा प्रश्नचिन्ह खडा भएको छ।

नेपालमा महिला अधिकारको कुरो  ८ मार्च अर्थात  महिला दिवसको दिन चर्का भाषणमा मात्र सिमित रहेको छ।  अर्थात यो यथार्थ हामी सबैको सामु ऐना जसरिनै छर्लङ्ग छ। उधारणका लागि नारी दिवसकै दिन सहरका केही तारे होटलमा महिला अधिकारका लागि गोष्ठी र विभिन्न कार्यक्रम भइरहदा कैलालीमा राधा चौधरीले बोक्सिको आरोपमा निर्घात रुपमा कुटाई खानुपर्यो । राधा चौधरी त एक प्रतिनिधि पात्र मात्र हुन राधा जस्ता कयौ महिला छन जो पिडित छन । अझ परम्पराको नाममा महिलाहरुनै पिल्सिएका छन भन्ने कुरो हामी सबै शिक्षित बर्गमा सर्वबिदितै छ।  परम्पराको नाममा मानिने बोक्सी प्रथा, छाउपिडी प्रथा, कुमारी प्रथा,  आदि कुरिती आजको दिनसम्म पनि हुनु  कतिसम्मको न्याय हो? जसबाट महिलाहरुनै पिडित छन तर कस्को नजर जाओस यहाँ त महिला अधिकारका नाममा चर्का भाषण गर्दैमा सबैलाइ ठिक्क छ। फेरि दिनहुँ पिछे बलात्कारका घटना सुनिनुले गर्दा महिला अधिकार भन्ने कुरै छैन झै लाग्छ। अनि सामाजिक रुपमा मात्र नभएर आफ्नै घरमा समेत महिलाहरु शारीरिक  र मानसिक रुपमा पीडित छन । तर आजसम्म त्यता राज्यको ध्यानाकर्षण भएको जस्तो मलाई लाग्दैन।  महिलामाथी हुने जुनसुकै हिंशामा कानुनले दन्डित गरेता पनि अशिक्षा, चरम गरिबी, मानसिक यातना, कु परम्परा आदिको कारणले यस्ता मुद्धाहरु कानुनको नजरमा पुग्न सकेका छैनन। मतलब कानुनको हातसम्म पुग्न सक्ने अवस्थामा छैन। यसतर्फ कस्को नजर जाला र खै? महिलाहरुलाई आजैपनी शिक्षाबाट बन्चित गरिएको छ तर सरोकारवालाको ध्यान सहरकेन्द्रीत मात्र रहेकोले गर्दा ग्रामीण महिलाको बिषयमा सोच्ने फुर्सद समेत छैन।

नेपालमा धेरै महिला अधिकारवाला संघसंस्थाहरु रहेका छन उनिहरु महिला अधिकारका चर्का भाषण गर्छन तर कर्णालिका महिलाले दुख पाएको कहिलै देख्दैनन । अनि उनेरु सिंगो वर्गलाई दोष दिन्छन । अर्थात महिलाको शत्रु पुरुष हो । यो भ्रम त्याग्नु एकदमै जरुरी छ किनकी कसैको शत्रु ब्याक्ती हुन्छ वर्ग कहिलै हुदैन ।  नेपालका घट्ने प्राय महिला हिंसाका घटनामा महिलाकै हात रहेका उधारणहरु प्राय भेटिन्छन तसर्थ महिलाको शत्रु वर्ग हैन ब्याक्ती हो भन्ने कुरा सम्पुर्ण महिला अधिकारकर्मीले बुझ्नु जरुरी छ ।

जसरी लीसिसट्राटा नामकी महिलाले फ्रेन्च क्रान्तिको बेला युद्धबिरामकोलागि आन्दोलन गरेकी थिइन । उनलाई साथ दिदै अनेकौ देशमा र्याली निकालिएको थियो। जसको प्रमुख कारण उक्त क्रान्तिको बेला महिलामाथी भएको दमन रोक्नु थियो। जसरी रुसमा  महिलाहरुले सान्तिको लागि आन्दोलन गरे तर त्यसको विपक्षमा त्यहाँका रास्ट्रप्रमुख थिए तर पनि उनिहरुले आन्दोलन जारी राखे र अन्त्यमा उनलाई राजिनामा दिन बाध्य बनाइयो र महिलालाई भोटको अधिकार प्राप्त भयो। जसरी सन १९१४ मार्च ८ मा "महिलालाई खाना र कपडा देउ " भन्दै आन्दोलन गरियो तब सरकार झुकेर मताधिकार समेत दिन बाध्य भयो त्यस्तै नेपालमा पनि एउटा महिला आन्दोलको आवस्यकता छ। जसले मात्र महिलालाइ अधिकार प्राप्ती  गराउन सक्छ।

पृथ्वी जयन्ति अथार्त एकता िदवस िकन ?

पुस २७ अर्थात राष्ट्री य एकताका प्रतीक बडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्मदिन । पन्चायतकालिन राजनितिमा उक्त दिनलाई राष्टृय् एकताको  रुपमा मनाइन्थ्यो  र बहुदलिय व्यवस्थाकालमा पनि यो दिनलाई राष्ट्रीय महत्वको रुपमा हेरियो ्र अर्थात एकता दिवस वा पृथ्वी जयन्तिको रुपमा मनाइन्थ्यो। जनआन्दोलन ०६२०६३ पश्चात यो  दिनलाई बेवास्ता गरिएको छ् ्र एकता दिवसलाई बिर्सिदा  राष्ट्र बिखन्डनका कुरा तेर्सिएको छ् ्रअहिले मुलुकमा  एकताको खाँचो देखिएको छ् ्र  यो मुद्दा समस्त् राष्ट्रवादीको मुद्दा हुन् पुगेको छ् ्र        नेपाल अभिवाज्य , अखण्डित  सारभौम् राष्ट्र हो ्र वीर गोर्खाली नेपालीको पर्याय हो ्र जसको श्रेय श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहलाईनै दिईन्छ ्र गोरखाका राजा नरभुपाल शाहका ४ रानी मध्येकि  कौसल्यावतिको कोखबाट बि स। १७७९ पौष २७ गते बुढामहारज  जरुंमिएका थिए ्र १७९९ चैत १५ गते बाबु नरभुपाल शाहको निधन भएपछि गोर्खाको गद्दीमा पृथ्वीनारायण शाहको राज्यभिषेक भएको थियो।्र २२से ,२४ से खण्डित राज्यहरु एकतृत् गरि  राष्ट्र निर्माण् गर्न् सफल् बुढामहाराज  सफल सैन्य ब्यबस्थापन, चतुर्‍याइँका कारण् एकिकृत् नेपल् दिन् सफल भए ।
उनले  यसको पहिलो
अभियानमा वि स १८०० मा नुवाकोटमा आक्रमण गरे , तर उनी पराजित हुन पुगे । तर उनको युद्धनीति अर्थात
सेनाको मनोबल उच्च राखी फेरि विड्डस १८०१ मा नुवाकोटमा पुन आक्रमण गरि बिजय प्राप्त गर्न सफल
भएका थिए । उनले यसरिनै एकीकरणलाई निरंतरता दिदै नेपालको सिमाना पुर्वमा सिक्किम पश्चिममा
मर्स्यांदी नदि उत्तरमा हिमालय पर्वत र दक्षिणमा पर्सा झापा सम्म्म पुर्याएका थिए । उनकै यस्तो सफल
एकीकरणको कारणले यो नेपाल देशको निर्माण हुनपुगेको भन्ने कुरो सम्पुर्ण नेपाली जनतामा सर्वबिदितै छ।  तर  बीसस् १८३१ साल माघ १ गते नुवाकोट जिल्लाकै हिन्दुहरुको पबित्र तिर्थस्थल देविघाटमा उनको मृत्यु भयो ्र

अहिले नेपालमा २४० बर्षको राजसंस्था र पृथ्वीनारायण शाहको चिनो समाप्त भैसकेको अवस्था छ ।    ०६२् ०६३ सालको जनआन्दोलन  बाट यो कार्य सम्पन्न गराउन् खोजिएको हो  । तर इतिहास मेटेर मेटिने छैन ।  अहिलेका केही युबापिढी र आफुलाई कट्टर गणतन्त्रको ठेकेदार बताउने कथित राजनीतिक दलहरु उनै बडामहाराजले बनाएको राज्यमा राजनीति गरिरहेका छन तर उहाँको सम्मान दिन भने ठाडै अस्विकार गरेको अवस्था छ् ्र अनि उनिहरु  बडामहाराजलाई तथानाम गाली गर्न समेत पछि हट्दैनन। राजतन्त्र फर्कनेछ भन्ने आत्म् ग्लानि  तर भारतीय रास्ट्रपति नेपालमा  आउंदा पूरादिन् बिदा दिने देश बाउलाई बाउ नमानेर छिमेकिलाई बाउ भन्न उद्दत् देखिएको छ् र  रान्ज्यको पुनर्संरचना भन्दै पुराना संरचना भत्काउनु रास्ट्र एकीकरण गर्ने बुडामहाराजको सालिक भत्काउनु कहाँ  सम्मको न्याय होर ?
दक्षिणको बादशाह महाचतुर रहेछ सजक रहनु ।ू ूजाइकटक नगर्नु, झिकी कटक गर्नु।ू ूनेपाल चार वर्ण, छत्तिस जातको
साझा फूलबारी हो।खानी भयाको ठाँउमा गाउँ हुवा तो गाउँ सारी खानि चलाउनुू आदि जस्ता उपदेशहरु आजको मितिसम्म पनि उत्तिकै सान्दर्भिक रहेका छन। ूदक्षिणको बादशाह महाचतुर रहेछ सजक रहनु ।ू जस्ता उनको दिव्योपदेश् राष्टृय्  एकता दिवस मनाउनुको सार् हो ्र               नेपलको  सार्वभौम सत्ता सांस्कृतिक सद्भाव र राष्तीय एकताकालागि  ूएकता दिवशू को खांचो छ् ्रयसलाइ नमान्नु राष्ट्रको अस्तित्वनै संकटमा पार्नु हो ्रराश्ट्रपिता श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको सम्मान नै नेपालको सम्मन् हो ्र यदि एकता दिवस नमनाउने र एकता दिवसलाई रास्ट्रीय महत्वको पर्वको रुपमा नमनाउने हो भने नेपालको अस्तित्वनै संकटमा पर्न सक्छ र नेपालिलाई इतिहासले धिक्कार्ने निश्चितै छ।

एकदिन सहिद दिवसमा सहिदको सालिकमा माल्यार्पण गरेर के सहिदको सम्मान होला?

सहिद दिवसको कुरो उठ्दा मलाई कवि भुपी सेरचनको एउटा कविता याद आउदछ !

"हुदैन बिहान मिर्मिरे तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए"



       जसरी बिहानी हुनको लागि रातमा निस्किएका  ताराहरु बिहानिपख बिलिन भएर  जानुपर्दछ त्यसैगरी  नेपाल यो अवस्था सम्म आइपुग्दा इतिहाँसको विभिन्न कालखण्डमा नेपाल आमाका सपुतहरुको बलिदानि रहेको छ। चाहे नेपाल एकीकरण ताका होस या प्रजातन्त्र प्राप्तिको लागि चाहे लोकतन्त्र गणतन्त्र प्राप्तिको लागि यिनै वीर सहिदहरुको ज्यानको बलिदानिको आवस्यकता परेको थियो।

       नेपालको समसामयिक राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्दा यहाँ विभिन्न कालखण्डमा निकैनै उथलपुथल भएको इतिहास रहेको छ। नेपालको प्रथम सहिदको रुपमा हामी लखन थापामगरलाई चिन्दछौं। क्रुर सामन्ती राज्यब्यबस्थाका प्रमुख जंगबहादुरको बिरुद्धमा  बोलेको अभियोगमा बीस  १९३३ मा गोरखा जिल्लामा अवस्थित हिन्दुहरुको पवित्र धार्निक स्थल मनकामना मन्दिर अगाडी झुन्डाएर मारीएको थियो। त्यस्तै तत्कालिन राणा परिवारको बिरुद्धमा बोलिएको अभियोगमा  बीस १९९७ माघ मा वीर महान ४ सपुतहरु धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ,  दशरथ चन्दलाई फरकफरक स्थानमा मारिएको थियो। नेपालको इतिहासमा प्रजातन्त्र प्राप्तिका लागि जाहानिया राणा शासनको अन्त्यका लागि यिनै चार नेपाल आमाका माहान सपुतहरुको बलिदानिबाटै सम्भब भएको भन्ने केहि राजनीतिक बिस्लेसक हरुको समेत ठम्याइ छ। बीस २००७ सालदेखि हालसम्म आउदा  नेपाल रास्ट्रलाई समुन्नत बनाउनको निमित्त निरंकुशता हटाएर रास्ट्रलाई समृद्ध बनाउनको निमित्त आफ्नो ज्यानको आहुती दिएका ती वीर सपुतहरु सदासर्वदा हाम्रो मनस्पटलमा अमरनै रहने छन। यसैका लागि सम्पुर्ण ज्ञात अज्ञात सहिदहरुको सम्झनामा नेपालमा माघ १६ गते सार्वजनिक बिदा अर्थात सहिद दिवस मनाइने गरिन्छ।

     एकदिन सहिद दिवसमा सहिदको सालिकमा माल्यार्पण गरेर के सहिदको सम्मान होला? भन्ने प्रश्न सम्पुर्ण जनमानसमा उठेको प्रश्न हो।  र यो प्रश्न ध्रुबसत्य पनि हो। किनकी सहिदहरुको भौतिक शरीर  हामिमाझ त छैन तर उनिहरुका बिचार दर्शन हामिमाझ रहेको छ। उनिहरुले के का लागि आफ्नो ज्यानको आहुती दिए भन्ने कुरा महत्त्वपूर्ण रहन्छ। एकदिन सहिद दिवसको दिन नेताहरुको मुखबाट सहिदहरुका लागि चर्को भाषण सुनिन्छ।  तर बास्तबिक सहिदहरुको उनिहरुबाटै अवमूल्यन भएको तितो यथार्थ हामिमाझ रहेको छ। किनकी देश गणतन्त्र प्राप्ती पछि जस्तोसुकै अवस्थामा मारीएका र आफै मरेका जस्तो ग्याङ फाइटमा मारिएका पुलिस इन्काउन्टरमा मारिएका आदि आदि र आन्दोलनमा मरिस  भने ५० लाख पाइस भन्ने शब्द समेत रास्ट्रीय स्तरका  नेताहरुबाटै सुनिने गरिएको छ। जसबाट प्रष्ट हुन्छ कि गणतन्त्र प्राप्ती पश्चात सहिद शब्दको नै अपब्याख्या भएको छ।  यस्तै नेपाल सरकारबाट हचुवाको भरमा सहिदमा नाम लेख्ने प्रचलन समेत ह्वात्तै बढेर गएको छ र नेपाल सरकारसँग कति सहिद भए भन्ने कुराको आधिकारिक तथ्यांक समेत नहोला।जसबाट सहिदहरुको समेत अवमूल्यन भएको प्रष्ट हुन्छ।

    रास्ट्रका लागि आफ्नो ज्यानको आहुती दिने सहिदहरुको सपना भने ज्युकातिउ नै रहेको छ।  जसको कारणलेनै गर्दा नेपालका राजनीति दलहरु अबिस्वास्निय र गालिको सिकार भैनै रहेका छन।  हिजो सहिद दिवसको दिन विभिन्न स्थानमा दिप प्रज्वलन समेत गरियो तर एकदिन दिप प्रज्वलन गर्दैमा सहिदहरुको सम्मान हुदैन भन्ने मान्यता मेरो रहेको छ। तसर्थ सहिदहरुलाई न्याय दिलाउनकै निमित्त उनिहरुले के का लागि आफ्नो ज्यानको बलिदानी गरे उनिहरुको सपना के थियो? उनिहरुको बिचार सिद्धान्त के थियो? के रास्ट्रलाई यस्तै खाडलै खाडलको भुमरीमा पार्नको निमित्त उनिहरुले ज्यानको बलिदानि दिएका थिए? यो कुराको बिस्त्रीत अध्ययनको जरुरत छ । र उनिहरुको सपनालाई पुरा गर्नुनै सहिदहरुलाई न्याय दिलाउनु हो। तसर्थ आजैबाट सहिदहरुको सपना पूरा गर्नको निमित्त कम्मर कसेर लाग्नुनै आजको आवस्यकता हो। जुनदिन सहिदको सपना पूरा हुनेछ त्यहिदिननै सहिद दिवसले सार्थकता पाउनेछ। (तथ्यांकहरु साभार गरिएका हुन) 

Wednesday, August 3, 2016

आँशु र म

आँसु र म

खै! अल्छी ले मलाइ यतीसम्म खाइ सकेको रहेछ  कि, म आफ्नो नाम आफै लिन अल्छी गर्छु मलाइ मेरो नाम लिन अल्छी लाग्छ वा झर्को खै जे लागे पनि एक त लाग्छ। काम केहि हुदैन तैपनी ब्यस्तै भए जस्तो हुन्छु सायद यो पनि अल्छिकै लक्षण होला। अफिस बाट आएर म सिधै कोठा मा पस्नु मेरो दिन चर्य झै भै सक्यो । हिजो त्यसै गरे अस्ति त्यसै र आज पनि बल्ल तल्ल पसिना ले भिजाइएका मेरा लुगा लाई शरीर बाट टाढा राख्न भने मलाई दुनियाको कुनै अल्छी नामको बादशाह अथवा त्यस्का निरंकुश सेनाले रोक्न सकेन  र आफै खोले अब भित्री लुगा बाहेक नरहेको मेरो शरीर लाई मैले बन्द कोठा को एक छेउको खाटको रातो निलो तन्ना ओछ्याएको ठाउँ मा पल्टाए। त्यो कपडाले म प्रती हेरेर दया गरिरहे जस्तो आभास हुन्थ्यो तर मैले त्यस्को बेवास्ता गरे। अनायसै आँखा घुमाउदै जाँदा मेरो खाटको मास्तिरमा आँखा पुग्यो, जहाँ शिर को सहाराका लागि गुलाबी रङको सिरानी राखिएको थियो त्यो राखेको पनि धेरै भएछ क्यारे झनत्यसलाई लाइदिएको लुगा त  कति पुगेछ मलाई स्मरणनै भएन उ मलाइ हेर्दै भन्दै थ्यो अब मलाइ पानी सग बस्नु छ, अनि घाम मा सेकिनु छ अनि मात्र म तेरो शिरको साहारा बन्छु नत्र तेरो योग्य छैन म । म  त्यस्लाइ न जवाफ दिन सक्छु न उस्ले भनेको कुरा पूरा गर्दिन  म अवाक भएर त्यस्को कुरालाई बेवास्ता गरिरहे किन कि मलाइ अल्छी ले खाएको छ म त्यस्लाइ वस्तै नगरि त्यहि माथी शिर राखी पल्टिए । एक तमासले भित्ता मा राहेको म लाई देखे उस्ले पनि भन्दैथी यहाँ मेरा वरपर माकुरा आएर मलाइ जिस्काउछ्न भन्छ्न सधै किन हास्छेस कहिले त रुने पनि गर एकै हुन तलाइ गारो हुन्छ सधै यहि जालो ले छोप्छ तलाइ कसले वास्ता गर्दैन र पनि त हास्छेस । तर म उस्को दुख पनि नसुने झै गरि अर्को पटि कोल्टे फेर्छु । दराज ले अगि देखि मलाइ नियाली रहेको थाहा  भो दराज को माथी रहेको उसैको एक अंश मा मैले उफ्रि उफ्री नाचेर पाएका सिल र प्रमाणपत्रहरु रहेछन उस्ले त झन मलाइ जिस्काइ रहेछ उ हास्दै बोल्दैथ्यो अब त तलाइ उफ्रीन पनि आउन छोड्यो हामी जस्ता अरु साथि  ल्याउने दिन गए तेरा अनि म तिनी हरु को कुरा लाई पनि कति ध्यान नदिइ अर्को पटि फर्किन्छु । अर्को पटि फर्कदा बल्ल थहा भो मेरो शरिरमा आएको पसिनाले मेरो शरीर भित्रि बश्त्र र त्यो रातो निलो तन्ना समेत निथ्रुक्क भिजिसकेको रहेछ । तर मेरो अल्छिपना दिमागमा समेत हाबी भैसकेको थियो । त्यसैले गर्मीमा  फेन समेत  खोल्न बिर्सेछु। अति भएसी खती जस्तो गर्मिले अति सताएपछी फेनको स्विछ तिर लम्कन खोज्छु तर मेरो ज्यानलाई अल्छिपनाले यतिसम्म खाइसकेको रहेछ कि स्विच अन गर्न समेत धौ धौ पर्यो ।  अन्तत फेन खोल्न सफलै भए र फेरि त्यही सिरानी को साहारा मा पल्टे जस्ले अगि देखि मलाइ घाम र पानी को कुरा गर्दै थियो । त्यही सिरानी लाई अर्को पटि सारेर म अलिक सजिलो गरि बसे मोबाइल ब्याग मै रहेछ प्राय त्यो बाहिरी खल्ती मै हुन्छ भेटी हाले त्यति कै मा ब्याग को अर्को खल्ती मा रहेको अमर नेउपानेको  करोडौ कस्तुरी नाम को किताब मलाइ नदेखे झै गर्दै रहेछ मैले भुसुक्कै बिर्सेको पढ्न भनि पो ल्याएको थिए त, दुई दिन पो पूरा भएछ । त्यस्ले मलाइ नदेखे झै गर्यो म पनि देखे झै गर्दिन भन्ने घमण्ड म मा चड्यो र  मोबाइल को लक खोले औला सिधै टुइटर मा पुग्यो । टुइटर खोल्नसाथ मेरो नजर सिधा म्यासेज बक्समा पुग्यो र हटाठैमा  म्यासेज हेरेर रीप्लाइ को काम पनि सके । यसो अन्तराकुन्तरमा पल्टाउदै गर्दा नोटिफिकेसन पनि भरिएर आएछ ती सबैको जाँच भो । फेरि मोबाइल लाई लक गरे खास जागर टुइटर ले पनि दिएन । किनकी मलाई अल्छी नामको भुतले आफुमा लिङराइसकेको थियो मानौ कि अल्छिले   मलाइ खाइसकेको थियो । मोबाइल पर राखेर अर्को पटि फर्केर अब सुत्नु पर्यो झै लाग्यो त्यति कै मा ढोका पछाडी झुन्ड्याको एक लुगा मा मेरो आखामा पर्यो । उस्ले मलाई  एकटकले  हेरिरहेको थियो र मैलेनि उस्लाई पछ्याउदै एकैटकले हेरि रहे  । त्यो लुगा ले मेरो आँखा मा सुरिक्षत सग रहेको आँसु लाई बाहिर बोलाउन खोजे झै गर्यो र आँसु पनि आज्ञाकारी बालक झै सरक्कै झर्यो । थाह छ साउने झरिमा भिजेरै भएनी मेरालागी मेरि आमा ले किनिदिएको त्यो लुगा मेरा लागि सबै थोक भन्दा प्यारो थियो सायद आमा भन्दा पनि प्यारो किन कि आमा ले त मलाइ छोडी सक्नु भो तर यस्ले अझै त्यही ढोका पछाडी बसेर चौकिदारी गरिहेछ । म बहिर जादा पनि नियाल्छ भित्र पस्दा पनि तर आमा नियाल्छिन नियाल्दिनन मलाइ थहा छैन । उनि गए देखि मेरो सपना मा पनि आइनन तर यो लुगा हरेक रात मेरो सपना मा मेरो शरीर को साथी भनेर हिड्छ । मसगै सपना मै भए पनि उ मेरो साथ हुन्छ । त्यो लुगा लाइ हेरि आँसु झरे आँसु आँखा बाट अगि नै छुटिए जसरी मबाट मेरि आमा अनि गाला मा पुगे जस्तै मेरि आमा सागर पुग्न बाटो मा पुगिन घर को आगन बाट ती आँसु अब नाकको साहारामा बग्न लागे जसरी मेरि आमा दाजु हरु को काधको साहारा मा थिइन । अनि आँसु फेरि चिउडो मा पुग्यो । खै चिउडो जस्तै आमा के मा पुगिन । र आँसु भुइमा खस्यो उ त्यही बिलायो जसरी आमा आगो मा परे पछि बिलाइन । यो आँसु आँखा बाट खसेसगै अनेक साहारा सगै भुइमा खस्दा अर्थ हिन बनी बिलायो त्यसै गरि म मेरि  आमा बिना बिलाए। तैपनी यो अल्छिले मलाई आजसम्म छोड्न सकेको छैन कि मैले अल्छिलाई छोड्न नसकेको हो त्यो मैले बुझ्न सकेको भने छैन । सायद अल्छी र म एकार्काका लागी पर्यायवाची भैसकेका छौ। अब हाम्रो साथ त्यसरी छुट्छ जसरी आमाले मेरो साथ छोडेर गएकी थिइन