- सुरेश मिश्र
"म बाहुन मेरो पहिचान नाक"
उफ नेपालको राजनिती देखेरनी खै के पो भनु झै लागेर आउन
थालेको छ। झन देशको हालतको त कुरै पो छोडौं ।
आफू त मोरो बाहुनको छोरो संबिधानले सामन्तिको
बिल्ला भिराएको छ। केही बोलु भने उ सामन्ती करायो
भन्न बेर छैन बरु चुप बसो आनन्द। फेरि चुप बसु पनि कसरी?
एकमनले यसो सोच्दछु ४/५ जाना माथी सत्तामा पुगेका
बाहुनले गल्ती गरे भन्दैमा मेरो के दोष र?
कतिले त बाहुन भए भन्दैमा नाक ठूलो नबना भन्लान अनि
पो घमण्ड गर्न मन लाग्छ बाहुन हु नाक मात्र हैन मन पनि
ठूलो छ । अनि देशमा सबैले पहिचानको रटान लगाइरहदा
गर्वका साथ भन्न मन लाग्छ म बाहुन अनि मेरो पहिचान
नाक । तर मैले आफ्नो नाक मेरो पुर्ख्यौली सम्पती बेचेर
किनेको हैन नत माता जिले दाइजोमै ल्याएर मलाई
दिनुभएको।
एकजाना नामि नेताले (नाम उल्लेख गर्न उचित
ठानिन) " चुच्छे नाक काटिन्छ आलो रगत चाटिन्छ" भनेर
खुब गर्जेका थिए उतिबेला अब नाकनै नराहने हो कि भनेर
खुब डर लागेको थियो , अनि नाकनै रहेन भने मेरो पहिचान
पनि त गुम्यो । उफ यो सम्झी सम्झी डरले मेरो सातोपुत्लो
उडेर गएको तर मेरो डर डरैमा सिमित रह्यो उनले भनेझै गरेनन
या गर्न सकेनन अनि म मज्जाले खुशी भए ।
कहिलेकाही गोपाल योन्जनले गाउनुभएको
रास्ट्रवादी गितलाई परिमार्जन गरेर " मेरो टोपी
कैलाशको शिर जस्तो" लाई मेरो नाक कैलाशको शिर
जस्तो बनाएर मेरो पहिचानलाई अलि पृथक रुपमा
परिभाषित गरौं कि झै लाग्छ तर त्यत्रो शाहस नि जुटाउन
सक्दिन ।
कहिलेकाही त आफ्नै पहिचान नाक देखि रिस
नउठेको पनि हैन । सानामा साथिभाई सँग झगडा हुदा
नाक ठूलो र लामो भएकाले उनिगरुको प्राहार नाकमै
हुन्थ्यो अनि फुट्दथ्यो नाथ्री र झर्ना सरि बेगसँग झर्दथ्यो
रगत।
ठूलो सहरमा अलि धेरैनै सडक जाम भएझै ठूलो नाक अलि
धेरैनै बन्द हुन्थ्यो अनि लाग्दथ्यो यो नाकनै काटेर
फ्याकिदिउ । तर डरपोक बाहुन कताबाट त्यत्रो आँंट आउनु
र? कहिलेकाही रुघा लागेर बर्खाको खहरे खोलीझै बग्ने
सिगानले पनि कम दुख दिदैन । तैपनी मेरो नाक मेरो
पहिचान भनी चित्त बुझायो नबुझाउ पनि कसरी अरु
बिकल्प पनि त छैन म कहाँ । अनि जतिनै लामो नाक भएता
पनि चिया पिउदा कपमा नाक डुबेको अत्तोपत्तो छैन तेइ
भएर नि खुशी लागेर आउछ । अब नाकको प्रजाती तिर
अलिकति जान मन लाग्यो । लामो नाक हुनेहरुमा पनि
नाकका निकैनै प्रजाती भेटिदा रछन । जस्तो सुंगे नाक ,
घिरौले नाक, लौके नाक , चुच्चे नाक आदि आदि । अब मेरो
नाक चै कुन प्रजातिमा पर्छ त्यो चै अनुसन्धान गर्नै पर्ने छ ।
फेरि मैले सुनेको बाहुन अलि घमण्डी हुन्छन रे! नहुन पनि
कसरी अरुले नाक ठूलो बनाउन राम्रो काम गर्नुपर्छ तर
बाहुनले केही गर्नै पर्दैन किनकी बाहुनको नाक त्यसै ठूलो ।
अनि भएन त घमण्ड गर्नेवाला कुरो? अनि त घमण्डका साथ
भन्न मन लाग्छ मेरो।लामु नाक भनेकै मेरो पहिचान हो ।
यो आलेख कसैको चरित्र हत्यागर्ने किसिमले कसैलाई
आक्षेप लाउने किसिमले लेखिएको हैन । यो मेरो
ब्याक्तिगत बिचार हो यसलाई रमाइलोको रुपमा लिन
अनुरोध गर्दछु ।