हुनत भन्दा भनेजस्तो ! लेख्दा लेखेजस्तो! सुनाउदा गफ दियो नाकचुच्चे बाहुनले भन्लान!नसुनाउ नसुनाइ बस्न सकिन र लेख्नेनै जमर्को गरे। फेस्बुका फीलिङ्ग सिक (feeling sick 😑) भनेर स्ट्याटस लेख्दैमा डाक्टर घरमा आएर उपचार गर्दिने हैन , लेख्दैमा निको हुनेपनी हैन। तर यस्लाई म समयको माग भनौं कि मेरो बिकास भाको नलेखी पनि बस्न सक्दिन। कस्तो यो मेरो बिडम्बना ! कहिलेकाही यसो सम्झन्छु मैले फेस्बुका फिलिङ्ग सिक भनेर स्ट्याटस हाल्दा लाइक गर्नेको भिड हुन्छ अर्थात म बिरामी भएको उनिहरुलाई मनपर्दो रछ क्यारे अनि पोस्ट गर्न पनि मन लाग्दैन फेरि यसो एउटा मनले सोच्दछु कि `त्यहाँ गेट वेल सुन´ भन्ने नि हुन्छन अनि केहि मलाई नि मन पराउने रछन भनी पोस्ट गर्न मन लागेर आउछ ।
अब फेस्बुका कुरा छोडम आफ्ना कुरापनी केहि कोट्याउन मन लागेर आयो। मेरो कुरो गर्नपर्दा भर्खरै १५औं बसन्त पार गरे जस्तो लाग्छ (केटि जस्तो आफ्नो सहि उमेर भन्न मन लागेन)। अहिलेसम्म त्यती ठुलो बिरामी भए जस्तो त लाग्दैन । तैपनि सानामा ४/५ चोटी हातखुट्टा र १/२ चोटी टाउको भाँचेको र फुटेको मान्छे चै पक्कै हुँ । र यहि भाँचिएकै तर अहिले चै सकुशल रहेको हातले यो लेख्दैछु। संभवत सानामा अलिक फटानै थिए । अहिले नि त्यती सज्जन छु जस्तो चै लाग्दैन। अनि क्रमश उमेर बढ्दै गएसी आफ्नो टाउको फुटाउन छोडेर अर्काको टाउको फुटाउन पनि पछि परिएन। तर अहिले आएर पछुतो लागेर आउछ। फेरि एउटा हिन्दी उखान याद आउछ "जो हुवा सो हुवा" उखान टुक्के प्रधानमन्त्री भाको देशको जनता न परे ! बिध्यालय पढ्दाताकाका एकजाना अत्यन्त मिलनसार साथी थिए उनि अहिलेसम्म पनि मेरो मिलनसार साथिनै हुन, तर उनको नाम मैले उल्लेख गर्न चाहिन। तर उनको बिडम्बना भनम या उनको बेवास्ता के थियो त्यो उनै जानुन उनको नाकबाट तामाकोसी जसरी सिगान बग्दथ्यो मानौ कि उन्को नाकबाट विद्युत निकाल्न सकिन्छ! उन्लाइ यो लुते ज्यानले खुब जिस्काउथ्यो र कतिचोटी त यहि बिषयमा कुटाइपनी खाइयो । उनिनी कमका थेनन मलाई `जिरे´ भन्ने नामले पुकारेर प्रतिकार गर्न खोज्दथे तर आफ्नो लिढेढिपिको बानी उनलाइ जिस्काउन कहिल्यै छोडिन। सायद त्यतिखेर त्यसैमा स्वर्गिय आनन्द प्राप्त हुदो हो ।
अब बिषयबस्तुमा लागम, खै! किन हो कुन्नी? जब जब चाडपर्व लाग्दछ मलाइनि येइ टाउको र नाकले दुख दिन खोज्दछ। भर्खरै आएको नया वर्षको पहिलो दिन पनि यहि हुन पुगो र यो लेख्न बाध्य भए । मेरो भन्नुको मतलब टाउको टाउको दुख्ने र यो बाहुनको लामु र चुच्चो नाकबाट दुधकोषी जस्तो सिगान झरी रुघाखोकी लाग्ने । दुधकोषी चै किन भनो येस्ले भन्नुहुन्छ भने म मान्छे कालै नाकबाट चै सिगान सेतै आउने अनि दुध पनि सेतो। अनि सोच्दछु कि सानामा बिध्यालयको छतबाट ढुंगा हान्दा अर्काको टाउकोमा लागेर फुटेको, झगडा गर्दा अर्काको टाउको फुटाको अनि कता कता लाग्दछ त्यसैको फलिफाप त हैन यो? आफुले आफैलाई प्रश्न गर्छु तर उत्तर भेट्दिन। अब टाउको त त्यस्तै उस्तै हो कहिलेकाही चै यस्तो लाग्दछ कि यो नाकै काटेर फ्याकुम फेरि यसो सोच्दछु यो दुधकोषी त बग्ने बर्खामा मात्र हो नाकै फ्याके भने सुंघ्ने चै केले होला फेरि योजना बनाउदा बनाउदै रद्ध गर्छु। अब टाउको फुटाउने कुरो आएन त्यसै त खुन देखेर लड्ने मान्छे म! कसैले त यशुको प्रार्थना गर निको हुन्छ भनेर सिफारिस समेत गर्न आए अनि होकि जस्तो लाग्या थ्यो फेरि एकमनले सोच्दछु आफु त आफ्ना दुख काट्न नसकेर मार्ने येशुले मेरो कष्ठ के निवारण गर्लान र? खै! अनि मेरो मनस्पटलमा उनै श्री पशुपतिनाथलाई तिमिनै त छौ मेरो आफ्नो भनेर सम्झन्छु। तर पनि लगातार ३ दिनदेखी अविरल बग्दछ इन्द्रावती भनेजस्तो दुधकोषी बग्न रोकिदैन। चैतको खडेरिले फुटेको बाँझोखेत जसरि टाउको फुट्न लाग्छ।
अनि म पनि अन्तिम बिकल्प तेइ औसधिको साहारा लिन बाध्य हुन्छु । अनि त लागेको बानी छोड्न सकिदैन फेस्बुका `फिलिङ्ग सिक´ नलेखी रोगै निको नहुने जस्तो स्ट्याटस लेख्न बाध्य हुन्छु।!!!!
लु सबैले एकैमुखले भनम `जय फेसबुक´!!