Friday, June 16, 2017

महिला अधिकार

संसारमा जम्मा ३ किसिमका लिंग भएका मानिसहरु रहेका छन । पुरुष , महिला र तेस्रोलिंगी। पुरुषहरूको कुरा नगरौं र तेस्रोलिंगीको संख्या अत्याधिक कम रहेको कारण उनिहरुलाई अधिकार दिन राज्यलाई खास गाह्रो नपर्ला तर आधा आकाश ढाकेका महिलाहरुले अधिकार नपाउनु र महिलाहरुलाई दोश्रो दर्जामा गनिनु यो नेपालको लागि मात्र नभएर सारा बिश्वको लागिनै चुनौतीको बिषय बनेको छ।  अब चर्चा गरौ महिला अधिकारको बिषयमा।

     महिला अधिका अंग्रेजीमा "women right"  अर्थात महिलाहरुको हक हित अधिकार , आधारभुत आवस्यकताको परिपुर्ति, सामाजिक सुरक्षाको प्रत्याभूति आदि बिषयलाई लिन सकिन्छ।

महिला अधिकारका बिषयमा विभिन्न किसिमका मुद्धाहरु रहेका छन। जस्तै आधारभुत आवश्यकताहरु  शिक्षा स्वास्थ रोजगार जस्ता बिषयमा समान ब्यबस्था, महिला र पुरुषलाई समान रुपले व्यबहार गर्नुपर्ने, राज्यका हरेक क्रियाकलापमा तल्लो तहदेखि माथिल्लो तहसम्म महिलाको समाबेसी प्रतिनिधित्व हुनुपर्ने आदि बिषयलाई महिला अधिकारको प्रमुख मुद्दाको रुपमा लिन सकिन्छ।  तर नेपालको कुरा गर्ने हो भने महिला अधिकारको कुरो कागजी रुपमा मात्र सिमित रहेको छ। ५१% महिलाको  जनसंख्या रहेको नेपालमा  अझ १७% तल झारेर  ३३% मात्रै सहभागिता गराउनु कहाँसम्मको जायज हो?  नेपालको संबिधान २०७३ को धारा ३८ मा रहेको समानताको हकमा महिला र पुरुष समान हुन भनेर सुन्दर तरिकाले चित्रण गर्न खोजिएको छ। तर ब्यबहारिक दृस्ठिकोणमा भने लागू हुन सकेको छैन। यसकालागि  महिला किन नजाग्ने?

नेपाल यस्तो मुलुक हो जहाँ राज्यको सर्वोच्च ब्याक्ती अर्थात रास्ट्रपति महिलानै रहेकि छिन र न्यायप्रमुख महिला, सभामुख महिलानै रहेर आफ्नो कार्यकाल सम्पन्न गरिसके । यो  नेपालीको लागि मात्र नभएर सम्पुर्ण विश्व समुदायका लागि एउटा गर्बिलो उधारणको बिषय हो। तर के! यी तीन ठुला पदमा महिलाहरु आशिन हुदैमा आम   महिलाहरुको हक अधिकार समेटिएला?  यस्का बिषयमा समेत महिलाले एकपटक सोच्न जरुरी भएको छ। फेरि रास्ट्रको सर्वोच्च ब्याक्ती अर्थात रास्ट्रपति बिधुवा महिला मन्दिर छिर्दा मन्दिरनै अपवित्र  भयो भन्ने समाजले आम महिलालाई झन कस्तो दृस्ठिकोणले हेर्छ त? यो हामीमा एउटा प्रश्नचिन्ह खडा भएको छ।

नेपालमा महिला अधिकारको कुरो  ८ मार्च अर्थात  महिला दिवसको दिन चर्का भाषणमा मात्र सिमित रहेको छ।  अर्थात यो यथार्थ हामी सबैको सामु ऐना जसरिनै छर्लङ्ग छ। उधारणका लागि नारी दिवसकै दिन सहरका केही तारे होटलमा महिला अधिकारका लागि गोष्ठी र विभिन्न कार्यक्रम भइरहदा कैलालीमा राधा चौधरीले बोक्सिको आरोपमा निर्घात रुपमा कुटाई खानुपर्यो । राधा चौधरी त एक प्रतिनिधि पात्र मात्र हुन राधा जस्ता कयौ महिला छन जो पिडित छन । अझ परम्पराको नाममा महिलाहरुनै पिल्सिएका छन भन्ने कुरो हामी सबै शिक्षित बर्गमा सर्वबिदितै छ।  परम्पराको नाममा मानिने बोक्सी प्रथा, छाउपिडी प्रथा, कुमारी प्रथा,  आदि कुरिती आजको दिनसम्म पनि हुनु  कतिसम्मको न्याय हो? जसबाट महिलाहरुनै पिडित छन तर कस्को नजर जाओस यहाँ त महिला अधिकारका नाममा चर्का भाषण गर्दैमा सबैलाइ ठिक्क छ। फेरि दिनहुँ पिछे बलात्कारका घटना सुनिनुले गर्दा महिला अधिकार भन्ने कुरै छैन झै लाग्छ। अनि सामाजिक रुपमा मात्र नभएर आफ्नै घरमा समेत महिलाहरु शारीरिक  र मानसिक रुपमा पीडित छन । तर आजसम्म त्यता राज्यको ध्यानाकर्षण भएको जस्तो मलाई लाग्दैन।  महिलामाथी हुने जुनसुकै हिंशामा कानुनले दन्डित गरेता पनि अशिक्षा, चरम गरिबी, मानसिक यातना, कु परम्परा आदिको कारणले यस्ता मुद्धाहरु कानुनको नजरमा पुग्न सकेका छैनन। मतलब कानुनको हातसम्म पुग्न सक्ने अवस्थामा छैन। यसतर्फ कस्को नजर जाला र खै? महिलाहरुलाई आजैपनी शिक्षाबाट बन्चित गरिएको छ तर सरोकारवालाको ध्यान सहरकेन्द्रीत मात्र रहेकोले गर्दा ग्रामीण महिलाको बिषयमा सोच्ने फुर्सद समेत छैन।

नेपालमा धेरै महिला अधिकारवाला संघसंस्थाहरु रहेका छन उनिहरु महिला अधिकारका चर्का भाषण गर्छन तर कर्णालिका महिलाले दुख पाएको कहिलै देख्दैनन । अनि उनेरु सिंगो वर्गलाई दोष दिन्छन । अर्थात महिलाको शत्रु पुरुष हो । यो भ्रम त्याग्नु एकदमै जरुरी छ किनकी कसैको शत्रु ब्याक्ती हुन्छ वर्ग कहिलै हुदैन ।  नेपालका घट्ने प्राय महिला हिंसाका घटनामा महिलाकै हात रहेका उधारणहरु प्राय भेटिन्छन तसर्थ महिलाको शत्रु वर्ग हैन ब्याक्ती हो भन्ने कुरा सम्पुर्ण महिला अधिकारकर्मीले बुझ्नु जरुरी छ ।

जसरी लीसिसट्राटा नामकी महिलाले फ्रेन्च क्रान्तिको बेला युद्धबिरामकोलागि आन्दोलन गरेकी थिइन । उनलाई साथ दिदै अनेकौ देशमा र्याली निकालिएको थियो। जसको प्रमुख कारण उक्त क्रान्तिको बेला महिलामाथी भएको दमन रोक्नु थियो। जसरी रुसमा  महिलाहरुले सान्तिको लागि आन्दोलन गरे तर त्यसको विपक्षमा त्यहाँका रास्ट्रप्रमुख थिए तर पनि उनिहरुले आन्दोलन जारी राखे र अन्त्यमा उनलाई राजिनामा दिन बाध्य बनाइयो र महिलालाई भोटको अधिकार प्राप्त भयो। जसरी सन १९१४ मार्च ८ मा "महिलालाई खाना र कपडा देउ " भन्दै आन्दोलन गरियो तब सरकार झुकेर मताधिकार समेत दिन बाध्य भयो त्यस्तै नेपालमा पनि एउटा महिला आन्दोलको आवस्यकता छ। जसले मात्र महिलालाइ अधिकार प्राप्ती  गराउन सक्छ।

पृथ्वी जयन्ति अथार्त एकता िदवस िकन ?

पुस २७ अर्थात राष्ट्री य एकताका प्रतीक बडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्मदिन । पन्चायतकालिन राजनितिमा उक्त दिनलाई राष्टृय् एकताको  रुपमा मनाइन्थ्यो  र बहुदलिय व्यवस्थाकालमा पनि यो दिनलाई राष्ट्रीय महत्वको रुपमा हेरियो ्र अर्थात एकता दिवस वा पृथ्वी जयन्तिको रुपमा मनाइन्थ्यो। जनआन्दोलन ०६२०६३ पश्चात यो  दिनलाई बेवास्ता गरिएको छ् ्र एकता दिवसलाई बिर्सिदा  राष्ट्र बिखन्डनका कुरा तेर्सिएको छ् ्रअहिले मुलुकमा  एकताको खाँचो देखिएको छ् ्र  यो मुद्दा समस्त् राष्ट्रवादीको मुद्दा हुन् पुगेको छ् ्र        नेपाल अभिवाज्य , अखण्डित  सारभौम् राष्ट्र हो ्र वीर गोर्खाली नेपालीको पर्याय हो ्र जसको श्रेय श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहलाईनै दिईन्छ ्र गोरखाका राजा नरभुपाल शाहका ४ रानी मध्येकि  कौसल्यावतिको कोखबाट बि स। १७७९ पौष २७ गते बुढामहारज  जरुंमिएका थिए ्र १७९९ चैत १५ गते बाबु नरभुपाल शाहको निधन भएपछि गोर्खाको गद्दीमा पृथ्वीनारायण शाहको राज्यभिषेक भएको थियो।्र २२से ,२४ से खण्डित राज्यहरु एकतृत् गरि  राष्ट्र निर्माण् गर्न् सफल् बुढामहाराज  सफल सैन्य ब्यबस्थापन, चतुर्‍याइँका कारण् एकिकृत् नेपल् दिन् सफल भए ।
उनले  यसको पहिलो
अभियानमा वि स १८०० मा नुवाकोटमा आक्रमण गरे , तर उनी पराजित हुन पुगे । तर उनको युद्धनीति अर्थात
सेनाको मनोबल उच्च राखी फेरि विड्डस १८०१ मा नुवाकोटमा पुन आक्रमण गरि बिजय प्राप्त गर्न सफल
भएका थिए । उनले यसरिनै एकीकरणलाई निरंतरता दिदै नेपालको सिमाना पुर्वमा सिक्किम पश्चिममा
मर्स्यांदी नदि उत्तरमा हिमालय पर्वत र दक्षिणमा पर्सा झापा सम्म्म पुर्याएका थिए । उनकै यस्तो सफल
एकीकरणको कारणले यो नेपाल देशको निर्माण हुनपुगेको भन्ने कुरो सम्पुर्ण नेपाली जनतामा सर्वबिदितै छ।  तर  बीसस् १८३१ साल माघ १ गते नुवाकोट जिल्लाकै हिन्दुहरुको पबित्र तिर्थस्थल देविघाटमा उनको मृत्यु भयो ्र

अहिले नेपालमा २४० बर्षको राजसंस्था र पृथ्वीनारायण शाहको चिनो समाप्त भैसकेको अवस्था छ ।    ०६२् ०६३ सालको जनआन्दोलन  बाट यो कार्य सम्पन्न गराउन् खोजिएको हो  । तर इतिहास मेटेर मेटिने छैन ।  अहिलेका केही युबापिढी र आफुलाई कट्टर गणतन्त्रको ठेकेदार बताउने कथित राजनीतिक दलहरु उनै बडामहाराजले बनाएको राज्यमा राजनीति गरिरहेका छन तर उहाँको सम्मान दिन भने ठाडै अस्विकार गरेको अवस्था छ् ्र अनि उनिहरु  बडामहाराजलाई तथानाम गाली गर्न समेत पछि हट्दैनन। राजतन्त्र फर्कनेछ भन्ने आत्म् ग्लानि  तर भारतीय रास्ट्रपति नेपालमा  आउंदा पूरादिन् बिदा दिने देश बाउलाई बाउ नमानेर छिमेकिलाई बाउ भन्न उद्दत् देखिएको छ् र  रान्ज्यको पुनर्संरचना भन्दै पुराना संरचना भत्काउनु रास्ट्र एकीकरण गर्ने बुडामहाराजको सालिक भत्काउनु कहाँ  सम्मको न्याय होर ?
दक्षिणको बादशाह महाचतुर रहेछ सजक रहनु ।ू ूजाइकटक नगर्नु, झिकी कटक गर्नु।ू ूनेपाल चार वर्ण, छत्तिस जातको
साझा फूलबारी हो।खानी भयाको ठाँउमा गाउँ हुवा तो गाउँ सारी खानि चलाउनुू आदि जस्ता उपदेशहरु आजको मितिसम्म पनि उत्तिकै सान्दर्भिक रहेका छन। ूदक्षिणको बादशाह महाचतुर रहेछ सजक रहनु ।ू जस्ता उनको दिव्योपदेश् राष्टृय्  एकता दिवस मनाउनुको सार् हो ्र               नेपलको  सार्वभौम सत्ता सांस्कृतिक सद्भाव र राष्तीय एकताकालागि  ूएकता दिवशू को खांचो छ् ्रयसलाइ नमान्नु राष्ट्रको अस्तित्वनै संकटमा पार्नु हो ्रराश्ट्रपिता श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको सम्मान नै नेपालको सम्मन् हो ्र यदि एकता दिवस नमनाउने र एकता दिवसलाई रास्ट्रीय महत्वको पर्वको रुपमा नमनाउने हो भने नेपालको अस्तित्वनै संकटमा पर्न सक्छ र नेपालिलाई इतिहासले धिक्कार्ने निश्चितै छ।

एकदिन सहिद दिवसमा सहिदको सालिकमा माल्यार्पण गरेर के सहिदको सम्मान होला?

सहिद दिवसको कुरो उठ्दा मलाई कवि भुपी सेरचनको एउटा कविता याद आउदछ !

"हुदैन बिहान मिर्मिरे तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए"



       जसरी बिहानी हुनको लागि रातमा निस्किएका  ताराहरु बिहानिपख बिलिन भएर  जानुपर्दछ त्यसैगरी  नेपाल यो अवस्था सम्म आइपुग्दा इतिहाँसको विभिन्न कालखण्डमा नेपाल आमाका सपुतहरुको बलिदानि रहेको छ। चाहे नेपाल एकीकरण ताका होस या प्रजातन्त्र प्राप्तिको लागि चाहे लोकतन्त्र गणतन्त्र प्राप्तिको लागि यिनै वीर सहिदहरुको ज्यानको बलिदानिको आवस्यकता परेको थियो।

       नेपालको समसामयिक राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्दा यहाँ विभिन्न कालखण्डमा निकैनै उथलपुथल भएको इतिहास रहेको छ। नेपालको प्रथम सहिदको रुपमा हामी लखन थापामगरलाई चिन्दछौं। क्रुर सामन्ती राज्यब्यबस्थाका प्रमुख जंगबहादुरको बिरुद्धमा  बोलेको अभियोगमा बीस  १९३३ मा गोरखा जिल्लामा अवस्थित हिन्दुहरुको पवित्र धार्निक स्थल मनकामना मन्दिर अगाडी झुन्डाएर मारीएको थियो। त्यस्तै तत्कालिन राणा परिवारको बिरुद्धमा बोलिएको अभियोगमा  बीस १९९७ माघ मा वीर महान ४ सपुतहरु धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ,  दशरथ चन्दलाई फरकफरक स्थानमा मारिएको थियो। नेपालको इतिहासमा प्रजातन्त्र प्राप्तिका लागि जाहानिया राणा शासनको अन्त्यका लागि यिनै चार नेपाल आमाका माहान सपुतहरुको बलिदानिबाटै सम्भब भएको भन्ने केहि राजनीतिक बिस्लेसक हरुको समेत ठम्याइ छ। बीस २००७ सालदेखि हालसम्म आउदा  नेपाल रास्ट्रलाई समुन्नत बनाउनको निमित्त निरंकुशता हटाएर रास्ट्रलाई समृद्ध बनाउनको निमित्त आफ्नो ज्यानको आहुती दिएका ती वीर सपुतहरु सदासर्वदा हाम्रो मनस्पटलमा अमरनै रहने छन। यसैका लागि सम्पुर्ण ज्ञात अज्ञात सहिदहरुको सम्झनामा नेपालमा माघ १६ गते सार्वजनिक बिदा अर्थात सहिद दिवस मनाइने गरिन्छ।

     एकदिन सहिद दिवसमा सहिदको सालिकमा माल्यार्पण गरेर के सहिदको सम्मान होला? भन्ने प्रश्न सम्पुर्ण जनमानसमा उठेको प्रश्न हो।  र यो प्रश्न ध्रुबसत्य पनि हो। किनकी सहिदहरुको भौतिक शरीर  हामिमाझ त छैन तर उनिहरुका बिचार दर्शन हामिमाझ रहेको छ। उनिहरुले के का लागि आफ्नो ज्यानको आहुती दिए भन्ने कुरा महत्त्वपूर्ण रहन्छ। एकदिन सहिद दिवसको दिन नेताहरुको मुखबाट सहिदहरुका लागि चर्को भाषण सुनिन्छ।  तर बास्तबिक सहिदहरुको उनिहरुबाटै अवमूल्यन भएको तितो यथार्थ हामिमाझ रहेको छ। किनकी देश गणतन्त्र प्राप्ती पछि जस्तोसुकै अवस्थामा मारीएका र आफै मरेका जस्तो ग्याङ फाइटमा मारिएका पुलिस इन्काउन्टरमा मारिएका आदि आदि र आन्दोलनमा मरिस  भने ५० लाख पाइस भन्ने शब्द समेत रास्ट्रीय स्तरका  नेताहरुबाटै सुनिने गरिएको छ। जसबाट प्रष्ट हुन्छ कि गणतन्त्र प्राप्ती पश्चात सहिद शब्दको नै अपब्याख्या भएको छ।  यस्तै नेपाल सरकारबाट हचुवाको भरमा सहिदमा नाम लेख्ने प्रचलन समेत ह्वात्तै बढेर गएको छ र नेपाल सरकारसँग कति सहिद भए भन्ने कुराको आधिकारिक तथ्यांक समेत नहोला।जसबाट सहिदहरुको समेत अवमूल्यन भएको प्रष्ट हुन्छ।

    रास्ट्रका लागि आफ्नो ज्यानको आहुती दिने सहिदहरुको सपना भने ज्युकातिउ नै रहेको छ।  जसको कारणलेनै गर्दा नेपालका राजनीति दलहरु अबिस्वास्निय र गालिको सिकार भैनै रहेका छन।  हिजो सहिद दिवसको दिन विभिन्न स्थानमा दिप प्रज्वलन समेत गरियो तर एकदिन दिप प्रज्वलन गर्दैमा सहिदहरुको सम्मान हुदैन भन्ने मान्यता मेरो रहेको छ। तसर्थ सहिदहरुलाई न्याय दिलाउनकै निमित्त उनिहरुले के का लागि आफ्नो ज्यानको बलिदानी गरे उनिहरुको सपना के थियो? उनिहरुको बिचार सिद्धान्त के थियो? के रास्ट्रलाई यस्तै खाडलै खाडलको भुमरीमा पार्नको निमित्त उनिहरुले ज्यानको बलिदानि दिएका थिए? यो कुराको बिस्त्रीत अध्ययनको जरुरत छ । र उनिहरुको सपनालाई पुरा गर्नुनै सहिदहरुलाई न्याय दिलाउनु हो। तसर्थ आजैबाट सहिदहरुको सपना पूरा गर्नको निमित्त कम्मर कसेर लाग्नुनै आजको आवस्यकता हो। जुनदिन सहिदको सपना पूरा हुनेछ त्यहिदिननै सहिद दिवसले सार्थकता पाउनेछ। (तथ्यांकहरु साभार गरिएका हुन)