Wednesday, August 3, 2016

आँशु र म

आँसु र म

खै! अल्छी ले मलाइ यतीसम्म खाइ सकेको रहेछ  कि, म आफ्नो नाम आफै लिन अल्छी गर्छु मलाइ मेरो नाम लिन अल्छी लाग्छ वा झर्को खै जे लागे पनि एक त लाग्छ। काम केहि हुदैन तैपनी ब्यस्तै भए जस्तो हुन्छु सायद यो पनि अल्छिकै लक्षण होला। अफिस बाट आएर म सिधै कोठा मा पस्नु मेरो दिन चर्य झै भै सक्यो । हिजो त्यसै गरे अस्ति त्यसै र आज पनि बल्ल तल्ल पसिना ले भिजाइएका मेरा लुगा लाई शरीर बाट टाढा राख्न भने मलाई दुनियाको कुनै अल्छी नामको बादशाह अथवा त्यस्का निरंकुश सेनाले रोक्न सकेन  र आफै खोले अब भित्री लुगा बाहेक नरहेको मेरो शरीर लाई मैले बन्द कोठा को एक छेउको खाटको रातो निलो तन्ना ओछ्याएको ठाउँ मा पल्टाए। त्यो कपडाले म प्रती हेरेर दया गरिरहे जस्तो आभास हुन्थ्यो तर मैले त्यस्को बेवास्ता गरे। अनायसै आँखा घुमाउदै जाँदा मेरो खाटको मास्तिरमा आँखा पुग्यो, जहाँ शिर को सहाराका लागि गुलाबी रङको सिरानी राखिएको थियो त्यो राखेको पनि धेरै भएछ क्यारे झनत्यसलाई लाइदिएको लुगा त  कति पुगेछ मलाई स्मरणनै भएन उ मलाइ हेर्दै भन्दै थ्यो अब मलाइ पानी सग बस्नु छ, अनि घाम मा सेकिनु छ अनि मात्र म तेरो शिरको साहारा बन्छु नत्र तेरो योग्य छैन म । म  त्यस्लाइ न जवाफ दिन सक्छु न उस्ले भनेको कुरा पूरा गर्दिन  म अवाक भएर त्यस्को कुरालाई बेवास्ता गरिरहे किन कि मलाइ अल्छी ले खाएको छ म त्यस्लाइ वस्तै नगरि त्यहि माथी शिर राखी पल्टिए । एक तमासले भित्ता मा राहेको म लाई देखे उस्ले पनि भन्दैथी यहाँ मेरा वरपर माकुरा आएर मलाइ जिस्काउछ्न भन्छ्न सधै किन हास्छेस कहिले त रुने पनि गर एकै हुन तलाइ गारो हुन्छ सधै यहि जालो ले छोप्छ तलाइ कसले वास्ता गर्दैन र पनि त हास्छेस । तर म उस्को दुख पनि नसुने झै गरि अर्को पटि कोल्टे फेर्छु । दराज ले अगि देखि मलाइ नियाली रहेको थाहा  भो दराज को माथी रहेको उसैको एक अंश मा मैले उफ्रि उफ्री नाचेर पाएका सिल र प्रमाणपत्रहरु रहेछन उस्ले त झन मलाइ जिस्काइ रहेछ उ हास्दै बोल्दैथ्यो अब त तलाइ उफ्रीन पनि आउन छोड्यो हामी जस्ता अरु साथि  ल्याउने दिन गए तेरा अनि म तिनी हरु को कुरा लाई पनि कति ध्यान नदिइ अर्को पटि फर्किन्छु । अर्को पटि फर्कदा बल्ल थहा भो मेरो शरिरमा आएको पसिनाले मेरो शरीर भित्रि बश्त्र र त्यो रातो निलो तन्ना समेत निथ्रुक्क भिजिसकेको रहेछ । तर मेरो अल्छिपना दिमागमा समेत हाबी भैसकेको थियो । त्यसैले गर्मीमा  फेन समेत  खोल्न बिर्सेछु। अति भएसी खती जस्तो गर्मिले अति सताएपछी फेनको स्विछ तिर लम्कन खोज्छु तर मेरो ज्यानलाई अल्छिपनाले यतिसम्म खाइसकेको रहेछ कि स्विच अन गर्न समेत धौ धौ पर्यो ।  अन्तत फेन खोल्न सफलै भए र फेरि त्यही सिरानी को साहारा मा पल्टे जस्ले अगि देखि मलाइ घाम र पानी को कुरा गर्दै थियो । त्यही सिरानी लाई अर्को पटि सारेर म अलिक सजिलो गरि बसे मोबाइल ब्याग मै रहेछ प्राय त्यो बाहिरी खल्ती मै हुन्छ भेटी हाले त्यति कै मा ब्याग को अर्को खल्ती मा रहेको अमर नेउपानेको  करोडौ कस्तुरी नाम को किताब मलाइ नदेखे झै गर्दै रहेछ मैले भुसुक्कै बिर्सेको पढ्न भनि पो ल्याएको थिए त, दुई दिन पो पूरा भएछ । त्यस्ले मलाइ नदेखे झै गर्यो म पनि देखे झै गर्दिन भन्ने घमण्ड म मा चड्यो र  मोबाइल को लक खोले औला सिधै टुइटर मा पुग्यो । टुइटर खोल्नसाथ मेरो नजर सिधा म्यासेज बक्समा पुग्यो र हटाठैमा  म्यासेज हेरेर रीप्लाइ को काम पनि सके । यसो अन्तराकुन्तरमा पल्टाउदै गर्दा नोटिफिकेसन पनि भरिएर आएछ ती सबैको जाँच भो । फेरि मोबाइल लाई लक गरे खास जागर टुइटर ले पनि दिएन । किनकी मलाई अल्छी नामको भुतले आफुमा लिङराइसकेको थियो मानौ कि अल्छिले   मलाइ खाइसकेको थियो । मोबाइल पर राखेर अर्को पटि फर्केर अब सुत्नु पर्यो झै लाग्यो त्यति कै मा ढोका पछाडी झुन्ड्याको एक लुगा मा मेरो आखामा पर्यो । उस्ले मलाई  एकटकले  हेरिरहेको थियो र मैलेनि उस्लाई पछ्याउदै एकैटकले हेरि रहे  । त्यो लुगा ले मेरो आँखा मा सुरिक्षत सग रहेको आँसु लाई बाहिर बोलाउन खोजे झै गर्यो र आँसु पनि आज्ञाकारी बालक झै सरक्कै झर्यो । थाह छ साउने झरिमा भिजेरै भएनी मेरालागी मेरि आमा ले किनिदिएको त्यो लुगा मेरा लागि सबै थोक भन्दा प्यारो थियो सायद आमा भन्दा पनि प्यारो किन कि आमा ले त मलाइ छोडी सक्नु भो तर यस्ले अझै त्यही ढोका पछाडी बसेर चौकिदारी गरिहेछ । म बहिर जादा पनि नियाल्छ भित्र पस्दा पनि तर आमा नियाल्छिन नियाल्दिनन मलाइ थहा छैन । उनि गए देखि मेरो सपना मा पनि आइनन तर यो लुगा हरेक रात मेरो सपना मा मेरो शरीर को साथी भनेर हिड्छ । मसगै सपना मै भए पनि उ मेरो साथ हुन्छ । त्यो लुगा लाइ हेरि आँसु झरे आँसु आँखा बाट अगि नै छुटिए जसरी मबाट मेरि आमा अनि गाला मा पुगे जस्तै मेरि आमा सागर पुग्न बाटो मा पुगिन घर को आगन बाट ती आँसु अब नाकको साहारामा बग्न लागे जसरी मेरि आमा दाजु हरु को काधको साहारा मा थिइन । अनि आँसु फेरि चिउडो मा पुग्यो । खै चिउडो जस्तै आमा के मा पुगिन । र आँसु भुइमा खस्यो उ त्यही बिलायो जसरी आमा आगो मा परे पछि बिलाइन । यो आँसु आँखा बाट खसेसगै अनेक साहारा सगै भुइमा खस्दा अर्थ हिन बनी बिलायो त्यसै गरि म मेरि  आमा बिना बिलाए। तैपनी यो अल्छिले मलाई आजसम्म छोड्न सकेको छैन कि मैले अल्छिलाई छोड्न नसकेको हो त्यो मैले बुझ्न सकेको भने छैन । सायद अल्छी र म एकार्काका लागी पर्यायवाची भैसकेका छौ। अब हाम्रो साथ त्यसरी छुट्छ जसरी आमाले मेरो साथ छोडेर गएकी थिइन

Tuesday, May 31, 2016

दरबार हत्याकाण्ड सम्झनामा मात्र सिमित ।

२०५८/०२/२० सनिवारका दिन घरमा म र मेरो दाइको कपाल बुवाले खौरिदिनुभयो तर किन भनेर प्रश्न सोध्न मैले सकिन तर उत्तर पनि भेटिहाले । अर्थात आजकै दिन २०५८/०२/१९ शुक्रवारको दिन राजा बिरेन्द्र र उनको बंशनास हुनेगरी दरबार हत्या काण्ड भएको रहेछ । त्यसैको शोकमा मेरो कपाल खौरिएको रहेछ । बिगत १५ बर्षदेखी नियालेर हेर्ने हो भने देशमा अनेकौं परिवर्तनहरु भए तरपनी यो काण्ड अझैसम्म रहस्यमयनै रहेको छ ।

दरबारमा उच्च सुरक्षाका साथ आयोजना गरिएको रात्री भोजमा  सो हत्या काण्ड भएको थियो । सो घटनामा घटनामा राजा वीरेन्द्र,रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र , राजकुमारी जयन्ती , राजकुमारी शान्ती ,राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।

यो घटनालाई बिस्वले एकदमै नजिकबाट नियालिरहेको छ । तर पनि यो घटनाको रहस्य आजसम्म पनि बाहिर आउन सकेको छैन।  घटना पछि तत्कालीन सभामुख तारानाथ रानाभाटको अध्यक्षतामा गठित समितिले युबराज  दिपेन्द्रलाईनै दोषी देखाएको थियो । तर यस्को कसैले पनि बिश्वास गरेको अवस्था भने छैन ।

तर अहिलेसम्म पनि राजा बिरेन्द्र र उनको बंशको नासै हुनेगरी गरिएको हत्याकाण्डको रहस्य सार्वजनिक नहुदा प्रत्येक साल जेष्ठ १९ मा श्रद्धाञ्जली अर्पण गर्नुको बिकल्प हामिमा छैन ।  तत्कालीन बिद्रोही समुह माओबादी र नेपाल  सरकार बिच सम्झौता हुदा समेत यो घटनाको छानबिन गरिने भनिएको थियो तर गणतन्त्र स्थापना भएको यतिका बर्ष भैसक्दा पनि सत्य छानबिन हुन सकेको छैन । यसतर्फ चाँडै सरकारी निकायको ध्यान जाओस भन्न चाहन्छु। नत्र जेष्ठ १९ गते मात्र सम्झेर केहि हुनेवाला छैन ।

राजा बिरेन्द्र र उनका बंशहरु प्रती हार्दिक श्रद्धा सुमन प्रकट गर्न चाहन्छु ।

जय देश जय नरेश ।।

सुरेश मिश्र
मोरङ्ग नेपाल

mishrasuresh233@gmail.com

Saturday, April 16, 2016

जय फेसबुक

हुनत भन्दा भनेजस्तो ! लेख्दा लेखेजस्तो! सुनाउदा गफ दियो नाकचुच्चे बाहुनले भन्लान!नसुनाउ नसुनाइ बस्न सकिन र लेख्नेनै जमर्को गरे। फेस्बुका फीलिङ्ग सिक (feeling sick 😑) भनेर स्ट्याटस लेख्दैमा डाक्टर घरमा आएर उपचार गर्दिने हैन , लेख्दैमा निको हुनेपनी हैन। तर यस्लाई म समयको माग भनौं कि मेरो बिकास भाको नलेखी पनि बस्न सक्दिन। कस्तो यो मेरो बिडम्बना ! कहिलेकाही यसो सम्झन्छु मैले फेस्बुका फिलिङ्ग सिक भनेर स्ट्याटस हाल्दा लाइक गर्नेको भिड हुन्छ  अर्थात म बिरामी  भएको उनिहरुलाई मनपर्दो रछ क्यारे अनि पोस्ट गर्न पनि मन लाग्दैन फेरि यसो एउटा मनले सोच्दछु कि `त्यहाँ गेट वेल सुन´ भन्ने नि हुन्छन अनि केहि मलाई नि मन पराउने रछन भनी  पोस्ट गर्न मन लागेर आउछ ।

              अब फेस्बुका कुरा छोडम आफ्ना कुरापनी केहि कोट्याउन मन लागेर आयो। मेरो कुरो गर्नपर्दा  भर्खरै १५औं  बसन्त पार गरे जस्तो लाग्छ (केटि जस्तो आफ्नो सहि उमेर भन्न मन लागेन)। अहिलेसम्म  त्यती ठुलो बिरामी भए जस्तो त लाग्दैन । तैपनि सानामा ४/५ चोटी हातखुट्टा र १/२ चोटी टाउको भाँचेको र फुटेको मान्छे चै पक्कै हुँ । र यहि भाँचिएकै तर अहिले चै सकुशल रहेको हातले यो लेख्दैछु। संभवत सानामा अलिक फटानै थिए । अहिले नि त्यती सज्जन छु जस्तो चै लाग्दैन। अनि क्रमश उमेर बढ्दै गएसी आफ्नो टाउको फुटाउन छोडेर अर्काको टाउको फुटाउन पनि पछि परिएन।  तर अहिले आएर पछुतो लागेर आउछ।  फेरि एउटा हिन्दी उखान याद आउछ "जो हुवा सो हुवा" उखान टुक्के प्रधानमन्त्री भाको देशको जनता न परे !  बिध्यालय पढ्दाताकाका एकजाना अत्यन्त मिलनसार साथी थिए उनि अहिलेसम्म पनि मेरो मिलनसार साथिनै हुन,  तर उनको नाम मैले उल्लेख गर्न चाहिन। तर उनको बिडम्बना भनम या उनको बेवास्ता  के थियो त्यो उनै जानुन  उनको नाकबाट तामाकोसी जसरी सिगान बग्दथ्यो मानौ कि उन्को नाकबाट विद्युत निकाल्न सकिन्छ!  उन्लाइ यो लुते ज्यानले खुब जिस्काउथ्यो र कतिचोटी त यहि बिषयमा कुटाइपनी खाइयो । उनिनी कमका थेनन मलाई `जिरे´ भन्ने नामले पुकारेर प्रतिकार गर्न खोज्दथे  तर आफ्नो लिढेढिपिको बानी  उनलाइ जिस्काउन कहिल्यै छोडिन। सायद त्यतिखेर त्यसैमा स्वर्गिय आनन्द प्राप्त हुदो हो ।

         अब बिषयबस्तुमा लागम, खै! किन हो कुन्नी? जब जब चाडपर्व लाग्दछ मलाइनि येइ टाउको र नाकले दुख दिन खोज्दछ। भर्खरै आएको नया वर्षको पहिलो दिन पनि यहि हुन पुगो र यो लेख्न बाध्य भए ।  मेरो भन्नुको मतलब  टाउको टाउको दुख्ने र यो बाहुनको लामु र चुच्चो नाकबाट दुधकोषी  जस्तो सिगान झरी रुघाखोकी लाग्ने । दुधकोषी चै किन भनो येस्ले भन्नुहुन्छ भने म मान्छे कालै नाकबाट चै सिगान सेतै आउने अनि दुध पनि सेतो।  अनि  सोच्दछु कि सानामा बिध्यालयको छतबाट ढुंगा हान्दा अर्काको टाउकोमा लागेर फुटेको, झगडा गर्दा  अर्काको टाउको फुटाको अनि कता कता लाग्दछ त्यसैको फलिफाप त हैन यो? आफुले आफैलाई प्रश्न गर्छु तर उत्तर भेट्दिन। अब टाउको त त्यस्तै उस्तै हो कहिलेकाही चै यस्तो लाग्दछ कि यो नाकै काटेर फ्याकुम फेरि यसो सोच्दछु यो दुधकोषी त बग्ने बर्खामा मात्र हो नाकै फ्याके भने सुंघ्ने चै केले होला फेरि योजना बनाउदा बनाउदै रद्ध गर्छु।  अब टाउको फुटाउने कुरो आएन त्यसै त खुन देखेर लड्ने मान्छे म! कसैले त यशुको प्रार्थना गर निको हुन्छ भनेर सिफारिस समेत गर्न आए अनि होकि जस्तो लाग्या थ्यो फेरि एकमनले सोच्दछु  आफु त आफ्ना दुख काट्न नसकेर मार्ने येशुले मेरो कष्ठ के निवारण गर्लान र? खै! अनि मेरो मनस्पटलमा     उनै श्री पशुपतिनाथलाई तिमिनै त छौ मेरो आफ्नो भनेर सम्झन्छु।  तर पनि लगातार ३ दिनदेखी अविरल बग्दछ इन्द्रावती भनेजस्तो  दुधकोषी बग्न रोकिदैन।  चैतको खडेरिले फुटेको बाँझोखेत जसरि टाउको फुट्न लाग्छ।
अनि म पनि अन्तिम बिकल्प तेइ औसधिको साहारा लिन बाध्य हुन्छु । अनि त लागेको बानी छोड्न सकिदैन फेस्बुका `फिलिङ्ग सिक´ नलेखी रोगै निको नहुने जस्तो स्ट्याटस लेख्न बाध्य हुन्छु।!!!!

      लु सबैले एकैमुखले भनम `जय फेसबुक´!!

Thursday, April 14, 2016

नवबर्षको हार्दिक शुभकामना ।

शुर्यबंशी लिच्छवि राजाका प्रभावले किरात राजालाई जिति लिच्छविवंश शुरुभए पश्चात लिच्छविकालका प्रथम राजा धर्मपाल भुमिबर्मा बिक्रमादित्यले संचालन गरेको संवतनै विक्रम संवत हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडी छ। #स्रोत

विक्रम संवतको छोटो जानकारी संगै  नया वर्ष २०७३ को संपुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी हरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । :- Suresh Mishra

Monday, March 21, 2016

होलिको शुभकामना

सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबैनिका होलिको हार्दिक शुभकामना ।

Friday, March 18, 2016

मधेस आन्दोलन र सिक्किम

नेपाली राजनितीमा
लेन्डुप शब्द एकदमै
बिख्यात रुपमा
चलिआएको छ। को हुन त
लेन्डुप कसरी नेपाली
राजनीतिमा उनको नाम
हाबी हुन पुगो? यस्ता
किसिमका प्रश्नहरू
नेपाली मानसिकतामा
झल्किएका हुन सक्छन। सन
१९६४ मा जवाहरलाल
नेहेरुको निदन भए पश्चात् भारतमा इन्दिरा गान्धी
प्रधानमन्त्री बनिन। उनी प्रधानमन्त्री भएलगत्तै
सिक्किमलाई भारतमा बिलय गराउने योजना बनाइन। र
त्यही योजनाको गोटिको रुपमा प्रयोग गरिएका
ब्यक्तिनै लेन्डुप दोर्जे हुन।
त्यस अवस्थामा सिक्किममा राजतन्त्र थियो।सन
१९७० मा लेन्डुपको पार्टी सिक्किम नेसनल पार्टीले
राजा बिरोधि अभियान चलायो। जसरी ०६२/०६३
सालमा नेपालमा चलाइएको थियो। त्यसताका
लेन्डुपलाई भारतिय गुप्तचर सस्थाहरुले आर्थिक रुपमा
सहयोग गर्दथे। आन्दोलन चरमोत्कर्समा पुगेपछी
भारतलाईनै मध्यस्थता राखेर निर्वाचनमा जाने निर्णय
गरियो। त्यस्तै नेपालमा पनि जे जति सम्झौता गरिएको
छ त्यसको मध्यस्थता भारतनै रहेको कुरा सबैमा
सर्वबिदितै छ। २००७ को प्रजातन्त्र स्थापनाको लागि
भएको सम्झौता , २०४६ सालमा प्रजातन्त्र
पुनःस्थापनाको सम्झौता , तत्कालीन बिद्रोही
माओवादी र सात राजनीतिक दल बिच दिल्लीमा
भएको १२ बुदे सम्झौता , आदि यसका उधारणहरु हुन।
नेपालमा जस्तै सिक्किममा पनि
संविधानसभाको निर्वाचन गराइयो र लेन्डुपको पार्टीले
बहुमत हाँसिल गर्यो। र राजतन्त्रको पनि अन्त्री गरियो
। अहिलेको नेपालमा भए जस्तै त्यतिखेर सिक्किममा
बिकराल स्थिती सिर्जना भएको थियो। त्यसकारण
लेन्डुपकै सहमतिमा भारतिय सेनाले सिक्किममा आक्रमण
गर्यो र सिक्किम कब्जा गर्यो। यहि कारणले नेपाली
राजनीतिमा रास्ट्रीयताको कुरा उठ्दा लेन्डुपको नाम
आउने गर्दछ।
नेपाली राजनितीलाई नजीक बाट
नियाल्दा कताकता नेपाल र तत्कालीन सिक्किमको
राजनीतिमा मिल्दोजुल्दो अवस्थ्ाा छ। त्यही
बिस्तारबादी नितिकै फलस्वरूप भारतिय नागरिकले
नेपाली नागरिकता सजिलै सँग बनाउने गरेको नेपाली
मिडियामा पटकपटक खबर आउने गरेको छ। झन भारतिय
गृहमन्त्रीले त नेपालमा एक करोड भारतिय छन भनी एउटा
बक्तब्यनै निकालेका थिए। यसले के प्रष्ट पार्दछ भने
नेपाललाई कतै जनमतसंग्रह गराएर नेपाललाई
सिक्किमिकरण त गरिने हैन भनेर कयौं नेपालीलाई
आसंका लागेको छ। तर यसतर्फ नेपाल सरकार मौननै
रहिआएको छ।
यहाँ खुलेआम रुपमा राज्य टुक्र्याउछु भन्दै डा० सि
के जस्ता बिखन्डनकारी ब्याक्तिहरुले भनिरहदा पनि
उस्लाई अझासम्म कुनै मुद्दा चलाउन सकेको छैन। नेपालाई
एक वचन नसोधी चीन र भारतले दार्चुला जिल्लाको
लिपुलेक भञ्ज्याङ् अर्थात नेपाली भुमिको प्रयोग गरि
ब्यापारीक मार्ग बनाउने सम्झौता गरे तर नेपाल सरकारले
केही बोल्न सकेन। नेपालमा २०७२ साल बैशाख १२ गते
गएको बिनासकारी भुकम्पमा उद्दार र राहतमा आएको
भारतिय सेनाले त झन उनीहरुले बिस्तारबादी नितिनै
अपनाएको प्रष्ट रूपमा देखिएको थियो। जस्तो कि
नेपालको एकमात्र बिमान्स्थल कब्जा गर्नु, उडान निषेध
गरिएको स्थानमा उडान गर्नु , उद्दार भन्दा ज्यादा
उडान गर्नु, नेपाली सेनाको आदेशमा नचल्नु आदि यस्का
उधारण हुन। तर तत्कालीन सरकारले यो बिसयमा एक
सब्दपनी बोल्न सकेको थिएन । तर सामाजिक संजाल
फेसबुक टुइटरमा भने यस्को घोर बिरोध भएको थियो।
अहिले नेपालमा मधेस केन्दृत आन्दोलन भएको १००
दिन पुगिसकेको छ। त्यस्मा पनि भारतकै हात रहेको
सर्वबिदितनै छ। मेरो बिचारमा यो आन्दोलनलाई पनि
सिक्किमिकरणकै एउटा योजनाको रुपमा बुझे हुन्छ। र
आन्दोलनकारिहरुलेनै सरकारले यथासिघ्र उनीहरुको
मागको सुनुवाइ नगरे छुट्टै रास्ट्रको लागि आन्दोलन गर्ने
भनिएको भनी विभिन्न अन्लाईन मिडियाहरुले बताएका
छन। यदि यो बिसयमा जनमतसंग्रह हुनेहो भने धेरै
भारतियहरु जो नेपाली नागरिकता लिएर बसेका छन
उनिहरुपनी भोट खसाल्न आउने कुरा प्रष्ट छ। यसतर्फ
नेपाल सरकारको ध्यानाकर्षण गराइ यथासिघ्र
नागरिकताको विषयलाई गम्भीरता पुर्वक लिइ छनबिन
गर्न अनुरोध गर्दछु।
नेपाली जनताका लोकपृय राजा बिरेन्द्रको बंस
नास हुनु र नेपालबाट २४० बर्षको गौरवपुर्ण इतिहास
बोकेको राजतन्त्रको अन्त्यहुनुमा पनि भारतकै हा रहेको
जानकार हरु बताउछन। अहिलेको अवस्थालाई हेर्दा
नेताहरू भन्दा राजाहरुनै देशको सार्वभौमिकता र
अखन्डताको पक्षमा हुन्छन भन्ने कुरा सर्वबिदितै भएको
छ। त्यसैकारण भारतले आफ्ना बिस्तारबादी
गतिविधिहरु गर्न पाएको थिएन र बिरेन्द्रको बंसनास
गराएको र नेपालबाट राजतन्त्रको अन्त्य गराएको भन्ने
भनाइहरु जानकार हरु बताउछन। जसको फलस्वरूप हामी
नेपाली यो अवस्थामा आउन परेको छ। अब यो देशको
भौगोलिक अखण्डता सार्वभौमिकता र स्वाभिमानकै
लागि भएनी राजतन्त्रको पक्षमा वकालत गर्नुपर्ने
अवस्था आएको छ। नत्र नेपालपनी सिक्किम जस्तो
नहोला भन्न सक्किन्न।
मोरङ्, नेपाल