Wednesday, August 3, 2016

आँशु र म

आँसु र म

खै! अल्छी ले मलाइ यतीसम्म खाइ सकेको रहेछ  कि, म आफ्नो नाम आफै लिन अल्छी गर्छु मलाइ मेरो नाम लिन अल्छी लाग्छ वा झर्को खै जे लागे पनि एक त लाग्छ। काम केहि हुदैन तैपनी ब्यस्तै भए जस्तो हुन्छु सायद यो पनि अल्छिकै लक्षण होला। अफिस बाट आएर म सिधै कोठा मा पस्नु मेरो दिन चर्य झै भै सक्यो । हिजो त्यसै गरे अस्ति त्यसै र आज पनि बल्ल तल्ल पसिना ले भिजाइएका मेरा लुगा लाई शरीर बाट टाढा राख्न भने मलाई दुनियाको कुनै अल्छी नामको बादशाह अथवा त्यस्का निरंकुश सेनाले रोक्न सकेन  र आफै खोले अब भित्री लुगा बाहेक नरहेको मेरो शरीर लाई मैले बन्द कोठा को एक छेउको खाटको रातो निलो तन्ना ओछ्याएको ठाउँ मा पल्टाए। त्यो कपडाले म प्रती हेरेर दया गरिरहे जस्तो आभास हुन्थ्यो तर मैले त्यस्को बेवास्ता गरे। अनायसै आँखा घुमाउदै जाँदा मेरो खाटको मास्तिरमा आँखा पुग्यो, जहाँ शिर को सहाराका लागि गुलाबी रङको सिरानी राखिएको थियो त्यो राखेको पनि धेरै भएछ क्यारे झनत्यसलाई लाइदिएको लुगा त  कति पुगेछ मलाई स्मरणनै भएन उ मलाइ हेर्दै भन्दै थ्यो अब मलाइ पानी सग बस्नु छ, अनि घाम मा सेकिनु छ अनि मात्र म तेरो शिरको साहारा बन्छु नत्र तेरो योग्य छैन म । म  त्यस्लाइ न जवाफ दिन सक्छु न उस्ले भनेको कुरा पूरा गर्दिन  म अवाक भएर त्यस्को कुरालाई बेवास्ता गरिरहे किन कि मलाइ अल्छी ले खाएको छ म त्यस्लाइ वस्तै नगरि त्यहि माथी शिर राखी पल्टिए । एक तमासले भित्ता मा राहेको म लाई देखे उस्ले पनि भन्दैथी यहाँ मेरा वरपर माकुरा आएर मलाइ जिस्काउछ्न भन्छ्न सधै किन हास्छेस कहिले त रुने पनि गर एकै हुन तलाइ गारो हुन्छ सधै यहि जालो ले छोप्छ तलाइ कसले वास्ता गर्दैन र पनि त हास्छेस । तर म उस्को दुख पनि नसुने झै गरि अर्को पटि कोल्टे फेर्छु । दराज ले अगि देखि मलाइ नियाली रहेको थाहा  भो दराज को माथी रहेको उसैको एक अंश मा मैले उफ्रि उफ्री नाचेर पाएका सिल र प्रमाणपत्रहरु रहेछन उस्ले त झन मलाइ जिस्काइ रहेछ उ हास्दै बोल्दैथ्यो अब त तलाइ उफ्रीन पनि आउन छोड्यो हामी जस्ता अरु साथि  ल्याउने दिन गए तेरा अनि म तिनी हरु को कुरा लाई पनि कति ध्यान नदिइ अर्को पटि फर्किन्छु । अर्को पटि फर्कदा बल्ल थहा भो मेरो शरिरमा आएको पसिनाले मेरो शरीर भित्रि बश्त्र र त्यो रातो निलो तन्ना समेत निथ्रुक्क भिजिसकेको रहेछ । तर मेरो अल्छिपना दिमागमा समेत हाबी भैसकेको थियो । त्यसैले गर्मीमा  फेन समेत  खोल्न बिर्सेछु। अति भएसी खती जस्तो गर्मिले अति सताएपछी फेनको स्विछ तिर लम्कन खोज्छु तर मेरो ज्यानलाई अल्छिपनाले यतिसम्म खाइसकेको रहेछ कि स्विच अन गर्न समेत धौ धौ पर्यो ।  अन्तत फेन खोल्न सफलै भए र फेरि त्यही सिरानी को साहारा मा पल्टे जस्ले अगि देखि मलाइ घाम र पानी को कुरा गर्दै थियो । त्यही सिरानी लाई अर्को पटि सारेर म अलिक सजिलो गरि बसे मोबाइल ब्याग मै रहेछ प्राय त्यो बाहिरी खल्ती मै हुन्छ भेटी हाले त्यति कै मा ब्याग को अर्को खल्ती मा रहेको अमर नेउपानेको  करोडौ कस्तुरी नाम को किताब मलाइ नदेखे झै गर्दै रहेछ मैले भुसुक्कै बिर्सेको पढ्न भनि पो ल्याएको थिए त, दुई दिन पो पूरा भएछ । त्यस्ले मलाइ नदेखे झै गर्यो म पनि देखे झै गर्दिन भन्ने घमण्ड म मा चड्यो र  मोबाइल को लक खोले औला सिधै टुइटर मा पुग्यो । टुइटर खोल्नसाथ मेरो नजर सिधा म्यासेज बक्समा पुग्यो र हटाठैमा  म्यासेज हेरेर रीप्लाइ को काम पनि सके । यसो अन्तराकुन्तरमा पल्टाउदै गर्दा नोटिफिकेसन पनि भरिएर आएछ ती सबैको जाँच भो । फेरि मोबाइल लाई लक गरे खास जागर टुइटर ले पनि दिएन । किनकी मलाई अल्छी नामको भुतले आफुमा लिङराइसकेको थियो मानौ कि अल्छिले   मलाइ खाइसकेको थियो । मोबाइल पर राखेर अर्को पटि फर्केर अब सुत्नु पर्यो झै लाग्यो त्यति कै मा ढोका पछाडी झुन्ड्याको एक लुगा मा मेरो आखामा पर्यो । उस्ले मलाई  एकटकले  हेरिरहेको थियो र मैलेनि उस्लाई पछ्याउदै एकैटकले हेरि रहे  । त्यो लुगा ले मेरो आँखा मा सुरिक्षत सग रहेको आँसु लाई बाहिर बोलाउन खोजे झै गर्यो र आँसु पनि आज्ञाकारी बालक झै सरक्कै झर्यो । थाह छ साउने झरिमा भिजेरै भएनी मेरालागी मेरि आमा ले किनिदिएको त्यो लुगा मेरा लागि सबै थोक भन्दा प्यारो थियो सायद आमा भन्दा पनि प्यारो किन कि आमा ले त मलाइ छोडी सक्नु भो तर यस्ले अझै त्यही ढोका पछाडी बसेर चौकिदारी गरिहेछ । म बहिर जादा पनि नियाल्छ भित्र पस्दा पनि तर आमा नियाल्छिन नियाल्दिनन मलाइ थहा छैन । उनि गए देखि मेरो सपना मा पनि आइनन तर यो लुगा हरेक रात मेरो सपना मा मेरो शरीर को साथी भनेर हिड्छ । मसगै सपना मै भए पनि उ मेरो साथ हुन्छ । त्यो लुगा लाइ हेरि आँसु झरे आँसु आँखा बाट अगि नै छुटिए जसरी मबाट मेरि आमा अनि गाला मा पुगे जस्तै मेरि आमा सागर पुग्न बाटो मा पुगिन घर को आगन बाट ती आँसु अब नाकको साहारामा बग्न लागे जसरी मेरि आमा दाजु हरु को काधको साहारा मा थिइन । अनि आँसु फेरि चिउडो मा पुग्यो । खै चिउडो जस्तै आमा के मा पुगिन । र आँसु भुइमा खस्यो उ त्यही बिलायो जसरी आमा आगो मा परे पछि बिलाइन । यो आँसु आँखा बाट खसेसगै अनेक साहारा सगै भुइमा खस्दा अर्थ हिन बनी बिलायो त्यसै गरि म मेरि  आमा बिना बिलाए। तैपनी यो अल्छिले मलाई आजसम्म छोड्न सकेको छैन कि मैले अल्छिलाई छोड्न नसकेको हो त्यो मैले बुझ्न सकेको भने छैन । सायद अल्छी र म एकार्काका लागी पर्यायवाची भैसकेका छौ। अब हाम्रो साथ त्यसरी छुट्छ जसरी आमाले मेरो साथ छोडेर गएकी थिइन