२०५८/०२/२० सनिवारका दिन घरमा म र मेरो दाइको कपाल बुवाले खौरिदिनुभयो तर किन भनेर प्रश्न सोध्न मैले सकिन तर उत्तर पनि भेटिहाले । अर्थात आजकै दिन २०५८/०२/१९ शुक्रवारको दिन राजा बिरेन्द्र र उनको बंशनास हुनेगरी दरबार हत्या काण्ड भएको रहेछ । त्यसैको शोकमा मेरो कपाल खौरिएको रहेछ । बिगत १५ बर्षदेखी नियालेर हेर्ने हो भने देशमा अनेकौं परिवर्तनहरु भए तरपनी यो काण्ड अझैसम्म रहस्यमयनै रहेको छ ।
दरबारमा उच्च सुरक्षाका साथ आयोजना गरिएको रात्री भोजमा सो हत्या काण्ड भएको थियो । सो घटनामा घटनामा राजा वीरेन्द्र,रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र , राजकुमारी जयन्ती , राजकुमारी शान्ती ,राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।
यो घटनालाई बिस्वले एकदमै नजिकबाट नियालिरहेको छ । तर पनि यो घटनाको रहस्य आजसम्म पनि बाहिर आउन सकेको छैन। घटना पछि तत्कालीन सभामुख तारानाथ रानाभाटको अध्यक्षतामा गठित समितिले युबराज दिपेन्द्रलाईनै दोषी देखाएको थियो । तर यस्को कसैले पनि बिश्वास गरेको अवस्था भने छैन ।
तर अहिलेसम्म पनि राजा बिरेन्द्र र उनको बंशको नासै हुनेगरी गरिएको हत्याकाण्डको रहस्य सार्वजनिक नहुदा प्रत्येक साल जेष्ठ १९ मा श्रद्धाञ्जली अर्पण गर्नुको बिकल्प हामिमा छैन । तत्कालीन बिद्रोही समुह माओबादी र नेपाल सरकार बिच सम्झौता हुदा समेत यो घटनाको छानबिन गरिने भनिएको थियो तर गणतन्त्र स्थापना भएको यतिका बर्ष भैसक्दा पनि सत्य छानबिन हुन सकेको छैन । यसतर्फ चाँडै सरकारी निकायको ध्यान जाओस भन्न चाहन्छु। नत्र जेष्ठ १९ गते मात्र सम्झेर केहि हुनेवाला छैन ।
राजा बिरेन्द्र र उनका बंशहरु प्रती हार्दिक श्रद्धा सुमन प्रकट गर्न चाहन्छु ।
जय देश जय नरेश ।।
सुरेश मिश्र
मोरङ्ग नेपाल
mishrasuresh233@gmail.com
No comments:
Post a Comment